८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘सोमपाललाई पुजारीले टिका नलगाइदिएको’ भन्ने विवाद के हो ?

‘सोमपाललाई पुजारीले टिका नलगाइदिएको’ भन्ने विवाद के हो ?
अ अ+ अ-

काठमाडौँ । आइसिसि टि २० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ ।

नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नुअघि नेदरल्याण्डसँग भिड्नुअघि टेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो ।

यसैबीच सामाजिक सञ्जालमा नेपालका फास्ट बलर सोमपाल कामीलाई जातिय विभेद गरियो, उनलाई किन टिका लगाईएन् ? भन्दै विभिन्न टिकाटिप्पणी गरिएको छ । मन्दिरले ‘कामी भनेर विभेद गर्यो’, ‘पुजारीले दलित भनेर टिका लगाईदिएनन्’ जस्ता अनेकन आरोप टिप्पणी उठिरहेका छन् ।

अमेरिकामा रहेका पत्रकार रामचन्द्र भट्टले यसबारे खण्डन गर्दै त्यसखाले कुनैपनि क्रियाकलाप नभएको जानकारी दिएका छन् । उनले प्रस्ट पार्दै भनेका छन् – ‘क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले हिजो बिहानै मन्दिर भित्र प्रवेश गरे । उनी सरासर भक्तजनले पुजा गर्ने ठाउँमा गए । मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे । आरती गरे र दुबै पुजारीले टिका लगाईदिए ।’

उनले अगाडि भनेका छन् – ‘पछि अरु खेलाडी र प्रशिक्षक पनि मन्दिर पसे । उनीहरु पनि आरती, जल चढाए । पुजारीले क्रमैसँग टिका लगाइदिए । प्रसाद दिए । पहिल्यै निधारमा टिका भएकोले पछि साथीहरुसँग जाँदा चाहि सोमपालले हातमा प्रसाद मात्र लिए । भाईरल बनाइएको र गाली गरिएको भिडियो यहि हो । निधारमा त्यहि लगाएको टिका भएकोले उनले दोहोर्याउन चाहेनन् ।’

नेपालले आज राति ९ः१५ बजे नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।

पत्रकार भट्ट लेख्छन् –

सोमपाल सन्दर्भ के होः
सामाजीक सन्जाल भनेको भेडाहरुको मात्र वाहुल्यता रहने ठाउँ हो ? पक्कै होइन । तर ठ्याक्कै २४ घण्टा अघि भएको एउटा सन्दर्भलाई लिएर ‘मन्दिरले कामी भनेर विभेद गर्यो’, ‘पुजारीले दलित भनेर टिका लगाईदिएनन्’ जस्ता अनेकन आरोप, टिप्पणी उठिरहेका रहेछन् ।

यहाँ टेक्ससमा भरखर बिहानको ७ बज्यो । निद्राबाट उठ्दा नेपालबाट कैयौ कलहरु, मेसेजहरु रहेछन् त्यहि सन्दर्भलाई लिएर । सबैलाई मेसेज लेखेर र कल गरेर सम्भव भएन । म आफैँ घटना र सन्दर्भसँग प्रत्यक्षदर्शी भएकोले केहि वास्तविकता लेख्दैछु ।

१. क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले हिजो बिहानै मन्दिर भित्र प्रवेश गरे । उनी सरासर भक्तजनले पुजा गर्ने ठाउँमा गए । मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे । आरती गरे र दुबै पुजारीले टिका लगाईदिए ।

२. पछि अरु खेलाडी र कोंच पनि मन्दिर पसे । उनीहरु पनि आरती, जल चढाए । पुजारीले क्रमैसँग टिका लगाइदिए । प्रसाद दिए । पहिल्यै निधारमा टिका भएकोले पछि साथीहरुसँग जाँदा चाहि सोमपालले हातमा प्रसाद मात्र लिए । भाईरल बनाइएको र गाली गरिएको भिडियो यहि हो । निधारमा त्यहि लगाएको टिका भएकोले उनले दोहोर्याउन चाहेनन् ।

३. खेलाडीहरु आफैँ खेल जिताईमाग्न मन्दिर गएका होइनन् । नेपाली समाज टेक्ससले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका हुन् र मन्दिरको दर्शन गरेका हुन् । बिहान ७ बजे स्वागत कार्यक्रम राखिएको थियो ।

४. नत मन्दिर, नत पुजारी कसैले पनि सोमपाललाई विभेद गरेको होइन । वास्तविकता नबुझी कोही पनि भेडा नबनौँ । उनको निधारमा भएको टिका कहाँबाट आयो रु भेडाहरुले दिमाग़ लगाउन् ।

अझै चित्त नबुझेमा म त्यहि भएको प्रत्यक्षदर्शीलाई सोध्नुस् । एउटा फेसबुक लाईभलाई आधार बनाएर भेडा नबनौँ । नेपाली टिमको सफलताको कामना गरौँ