२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मिथको भविष्यवाणीः यी खेलाडीले बनाउनेछन् विश्वकपमा सर्वाधिक रन



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका क्रिकेटर स्टिभ स्मिथले टी–२० विश्वकपलाई लिएर महत्वपूर्ण भविष्यवाणी गरेका छन् । स्मिथले यसपटक टी–२० विश्वकपमा विराट कोहलीले सबैभन्दा बढी रन बनाउने बताएका छन् ।

कोहली फर्ममा छन् । हालै उनले आईपीएल २०२४ मा पनि बलियो प्रदर्शन गरेका थिए । कोहलीले ओरेन्ज क्याप जितेका थिए ।

कोहलीलाई लिएर स्मिथले यस्तो प्रतिक्रिया दिएका छन् । इन्डिया टुडेको समाचार अनुसार स्मिथले भने, ‘मेरो अनुसार विराट कोहलीले यस पटक प्रतियोगितामा सबैभन्दा बढी रन बनाउनेछन् । उनले आईपीएलमा धमाकेदार प्रदर्शन गरेका थिए । उनी फर्ममा पनि छन् । मलाई लाग्छ उनले टीम इन्डियाका लागि चमत्कार गर्नेछन् ।’

कोहलीले आईपीएल २०२४ को १५ खेलमा ७४१ रन बनाएका थिए । यस अवधिमा उनले १ शतक र ५ अर्धशतक बनाएका थिए ।

टी–२० विश्वकपमा कोहलीको प्रदर्शनलाई हेर्दा उनी बलियो छन् । कोहलीको समग्र औसत ८१.५० रहेको छ । जबकि नकआउट खेलमा औसत १४४ रहेको छ । टी–२० विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूची हेर्दा विराट कोहली शीर्ष स्थानमा छन् ।

कोहलीले २७ खेलमा ११४१ रन बनाएका छन् । यस अवधिमा उनले १४ अर्धशतक बनाएका छन् । कोहलीको उत्कृष्ट स्कोर ८९ रन रहेको छ । यस सूचीमा वर्तमान खेलाडीलाई हेर्दा रोहित शर्मा दोस्रो स्थानमा छन् । रोहितले ३९ खेलमा ९६३ रन बनाएका छन् ।