डडेल्धुरा । ‘प्रचण्ड’–माधव नेपाल समूह र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् । शुक्रबार नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूह र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको बिरोध गर्दै पुतला दहन गरेका हुन् ।
अखिलले जिल्ला सदरमुकामस्थित तुफानडाँडा चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर पार्टीकै नेतृत्व तहसँगै विद्यार्थी संगठनहरु पनि बिरोधमा छन् ।
उनीहरुले प्रधानमन्त्रीको कदमको चर्को आलोचना गर्दै नारावाजी गरेका थिए।











