२४ मंसिर २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस् लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित: थाई रक्षा मन्त्रालय ‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन्



अ+ अ-

एजेन्सी । भारतको लखनउमा एक डाक्टरको बन्द घरमा चोर पसेका थिए । उनले पूरै घर खोजे, बहुमूल्य सामानहरू जम्मा गरे र आराम गर्न एसी अन गरे । तर, उनको आरामको रमाइलो बिहानै प्रहरीको घेरामा परेपछि बिग्रियो ।

लखनउको इन्दिरा नगरको सेक्टर २० मा बस्ने डा. सुनिल पाण्डेको घरमा यो अनौठो चोरी भएको हो । टाइम्स अफ इन्डियाका अनुसार सुनील पाण्डे हाल वाराणसीको बलरामपुर अस्पतालमा तैनाथ छन्, जसका कारण उनको घर खाली थियो ।

चोरले उनको घरको ताला तोडेर प्रवेश गरी बहुमूल्य सामानहरु जम्मा गरेका थिए ।

चोरीपछि उनी गर्मीबाट बच्न एसी अन गरेर सुते । तर, मदिराको नशामा उनी यति गहिरो निदाएका थिए कि प्रहरी आएपछि पनि उठेनन् । बिहान डाक्टर पाण्डेको ढोका खुलेकाले छिमेकीलाई शंका लाग्यो । उनले भित्र हेरेपछि घर अस्तव्यस्त थियो र सबै सामान छरपस्ट थियो । छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुग्दा चोर सुतेको अवस्थामा फेला परेको थियो । चोरको पहिचान कपिल रहेको र उनको साथबाट चोरीको सामान बरामद भएको छ । प्रहरीले कपिललाई पक्राउ गरेको छ र उनीविरुद्ध आईपीसीको धारा ३७९ ए अन्तर्गत चोरीको मुद्दा दर्ता गरिएको छ ।

चोरले अलमारी तोडेर नगदसहित सबै सामान चोरेको प्रहरीले जनाएको छ । उनले धुने बेसिन, ग्यास सिलिन्डर र पानीको पम्प पनि चोर्ने प्रयास गरेर घरको ब्याट्री पनि निकाल्ने प्रयास गरे तर निस्कनुअघि आराम गर्ने सोचेर एसीको हावामै सुते ।