२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा नामिबियाले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

सुपर ओभरमा नामिबियाले दिएको २२ रनको लक्ष्य पछ्याएको ओमानले १० रनमात्रै जोड्यो ।

ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १०९ रन जोडेपछि खेल टाई भएर सुपर ओभरमा गएको थियो ।

नामिबियाका लागि जान फ्रिलिङ्कले ४५, निको डेभिनले २४, जेरहार्ड इरासमसले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ ओमानका मेहरान खानले ३ ओभरमा ७ रनमात्रै खर्चेर ३ विकेट लिए । यस्तै, बिलाल खान, आयान खान र अकिब इलियासले १–१ विकेट लिए ।

त्यसअघि केनसिङ्टन ओभल वार्वाडोस मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको ओमानको टोली १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । खालिद काइलले ३४, जिसन मकसुदले २२, आयान खानले १५, सकिल अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नामिबियाका रुवेन ट्रम्पेलम्यानले ४, डेभिड वाइजले ३, जेरहार्ड इरामसले २ तथा बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए ।