२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ?



अ+ अ-

एजेन्सी । विश्वका धेरै देश गर्मीबाट पीडित छन् । यसैबीच यहाँ संसारका केहि स्थानहरुको बारेमा बताउन गइरहेका छौँ जहाँको तापक्रम थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ ।

नेपालमा विशेषगरी सबैभन्दा गर्मी महिनाहरू मे र जुन हुन् । यस समयमा देशका धेरै ठाउँमा गर्मीका कारण मानिसहरु मर्कामा परेका छन् ।

संसारको सबैभन्दा गर्मी ठाउँको कुरा गर्दा सबैभन्दा पहिले इरानको नाम आउँछ । इरानको बन्दर–ए–मशहर सहर विश्वको सबैभन्दा गर्मी हुने ठाउँहरूमध्ये एक हो । यस ठाउँको अधिकतम तापक्रम जुलाई २०१५ मा ७४ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो ।

अफ्रिकाको सहारा मरुभूमिको नाम पनि विश्वको सबैभन्दा गर्मी हुने ठाउँको सूचीमा परेको छ । सहारा मरुभूमिमा औसत तापक्रम ३२ देखि ४२ डिग्री सेल्सियस हुन्छ । यति मात्र होइन यहाँ वर्षभरि १०० मिलिमिटरभन्दा कम वर्षा हुन्छ ।

सुडानको वादी हाल्फा सहरमा पानी पर्दैन । यहाँको औसत तापक्रम सधैं ४१ डिग्री सेल्सियस हुन्छ । सन् १९६७ मा यहाँको अधिकतम तापक्रम ५३ डिग्री सेल्सियस थियो ।

यसबाहेक, क्यालिफोर्नियामा अवस्थित डेथ भ्याली पनि संसारको सबैभन्दा तातो ठाउँहरू मध्ये एक मानिन्छ । सन् १९१३ मा यहाँको अधिकतम तापक्रम ५६.७ डिग्री सेल्सियस थियो ।

यी ठाउँमा सर्वसाधारणलाई बस्न निकै गाह्रो हुन्छ । यहाँको गर्मी कसैलाई पनि बिरामी बनाउन पर्याप्त छ ।