३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ?

यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ?
अ+ अ-

एजेन्सी । विश्वका धेरै देश गर्मीबाट पीडित छन् । यसैबीच यहाँ संसारका केहि स्थानहरुको बारेमा बताउन गइरहेका छौँ जहाँको तापक्रम थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ ।

नेपालमा विशेषगरी सबैभन्दा गर्मी महिनाहरू मे र जुन हुन् । यस समयमा देशका धेरै ठाउँमा गर्मीका कारण मानिसहरु मर्कामा परेका छन् ।

संसारको सबैभन्दा गर्मी ठाउँको कुरा गर्दा सबैभन्दा पहिले इरानको नाम आउँछ । इरानको बन्दर–ए–मशहर सहर विश्वको सबैभन्दा गर्मी हुने ठाउँहरूमध्ये एक हो । यस ठाउँको अधिकतम तापक्रम जुलाई २०१५ मा ७४ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो ।

अफ्रिकाको सहारा मरुभूमिको नाम पनि विश्वको सबैभन्दा गर्मी हुने ठाउँको सूचीमा परेको छ । सहारा मरुभूमिमा औसत तापक्रम ३२ देखि ४२ डिग्री सेल्सियस हुन्छ । यति मात्र होइन यहाँ वर्षभरि १०० मिलिमिटरभन्दा कम वर्षा हुन्छ ।

सुडानको वादी हाल्फा सहरमा पानी पर्दैन । यहाँको औसत तापक्रम सधैं ४१ डिग्री सेल्सियस हुन्छ । सन् १९६७ मा यहाँको अधिकतम तापक्रम ५३ डिग्री सेल्सियस थियो ।

यसबाहेक, क्यालिफोर्नियामा अवस्थित डेथ भ्याली पनि संसारको सबैभन्दा तातो ठाउँहरू मध्ये एक मानिन्छ । सन् १९१३ मा यहाँको अधिकतम तापक्रम ५६.७ डिग्री सेल्सियस थियो ।

यी ठाउँमा सर्वसाधारणलाई बस्न निकै गाह्रो हुन्छ । यहाँको गर्मी कसैलाई पनि बिरामी बनाउन पर्याप्त छ ।