४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार

सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार
अ+ अ-

एजेन्सी । भारतको अरुणाचल प्रदेश र सिक्किममा विधानसभा चुनावको मतगणना जारी छ । सिक्किममा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले फेरि बहुमत प्राप्त गरेको छ ।

पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङको सिक्किम डेमोक्रेटिक फन्ट (एसडीएफ) राज्यबाट बढारिएको छ । पूर्वमुख्यमन्त्री चाम्लिङसमेत चुनावमा दुई क्षेत्रबाट पराजित भएका छन् । वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) ले रेनोक र सोरेङचाकुङ दुवै क्षेत्रबाट चुनाव जितेका छन् ।

अर्कोतर्फ अरुणाचल प्रदेशमा भाजपाले फेरि सरकार बनाउने देखिएको छ । भाजपाले यहाँ १० सिट निर्विरोध जितेको छ । अरुणाचल र सिक्किम विधानसभाका लागि १९ अप्रिलमा एउटै चरणमा मतदान भएको थियो । दुवै प्रदेशमा कांग्रेसको खाता खुल्न सकेको छैन ।

२०१९ को आम चुनावपछि एसकेएमले भाजपासँग गठबन्धन गरेको थियो तर यसपटक चुनावअघि भाजपाले सिक्किममा एक्लै चुनाव लड्ने घोषणा गरेर गठबन्धन तोड्यो ।

अरुणाचल विधानसभामा ६० सिट र सिक्किममा ३२ सिट छन् । २०१९ मा भाजपाले अरुणाचलमा ४२ सिट जितेर सरकार बनायो । यता, सिक्किममा एसकेएम ३२ मध्ये १७ सिटको साथ सरकारमा सत्तामा छ ।