६ आश्विन २०८१, आईतवार
,
Latest
व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ?



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को पहिलो खेल अमेरिका र क्यानडाबीच भएको थियो । डलासको ग्रान्ड प्रेरी स्टेडियममा आयोजक अमेरिका ७ विकेटले विजयी भयो । अमेरिकालाई जिताउन सबैभन्दा ठूलो योगदान आरोन जोन्सको थियो ।

ठूलो लक्ष्य पछ्याउँदै जोन्सले उत्कृष्ट इनिङ्स खेल्दै अमेरिकालाई एकतर्फी जित दिलाए । अमेरिकी ब्याट्सम्यानले ४० बलमा ४ चौका र १० छक्का प्रहार गर्दै ९४ रनको अविजित इनिङ खेलेका थिए जसका लागि उनलाई ‘प्लेयर अफ द म्याच’को उपाधि पनि दिइएको छ ।

आरोन जोन्सको जन्म अक्टोबर १९, १९९४ मा क्वीन्स, न्यूयोर्कमा भएको थियो । जोन्सका अभिभावक बार्बाडोसका हुन् । जोन्सले वेस्ट इन्डिजका लागि क्रिकेट खेल्ने आशाका साथ आफ्नो यात्रा सुरु गरे र २०१६ मा बार्बाडोसको लागि आफ्नो लिस्ट ए डेब्यू गरे ।

त्यसपछि अर्को वर्ष अर्थात २०१७ मा, जोन्सले बार्बाडोसका लागि फस्र्ट क्लासमा डेब्यु गरे । जोन्सले वेस्ट इन्डिजका शाई होप र जेसन होल्डर र निकोलस पूरनसँग धेरै क्रिकेट खेले ।

तर त्यसपछि आरोनले अमेरिकाको लागि खेल्ने निर्णय गरे र २०१८ मा नै अमेरिकाको लागि खेल्न थाले । उनले २०१९ मा अमेरिकाको लागि अन्तर्राष्ट्रिय डेब्यू गरे र टोलीको लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो ब्याट्सम्यान बने । यसरी सुरु भयो जोन्सको क्रिकेट र अहिले उनले टी–२० विश्वकपको ठूलो स्टेजमा आफ्नो जादु फैलाएका छन् ।

आरोन जोन्सले अहिलेसम्म ४३ ओडीआई र २७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । एकदिवसीयका ४३ इनिङ्समा ब्याटिङ गर्दै उनले ३६.३५ को औसतमा १४५४ रन बनाएका छन् । यस अवधिमा उनले १ शतक र १० अर्धशतक बनाएका छन् ।

यसबाहेक टी–२० अन्तर्राष्ट्रियको २५ इनिङ्समा ब्याटिङ गर्दा जोन्सले २८.११ को औसत र ११६.८७ को स्ट्राइक रेटमा ४७८ रन बनाएका छन् । यस क्रममा उनले २ अर्धशतक बनाए, जसमा उनको उच्च स्कोर ९४ रन (नटआउट) छ ।