६ आश्विन २०८१, आईतवार
,
Latest
कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको हो ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । अमेरिकाको जितमा आरोन जोन्सले अविजित ९४ रनको विष्फोटक इनिङ्स खेले । ४० बल खेलेका उनले १० छक्का र ४ चौका प्रहार गरे । यस्तै, एन्ड्रियस गोउसले ४६ बलमा ६५ रन जोडे । उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

क्यानडाका बलर महँगा सावित भए । निखिल दत्त, डिलोन हेलिगर र कलिम सानाले १–१ विकेट लिए ।

त्यसअघि डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ५ विकेटको क्षतिमा १९४ रन जोड्यो ।

उसका लागि नवनित धालिवालले ४४ बलमा ६१ र निकोलास किर्तोनले ३१ बलमा ५१ रन जोड्दै अर्धशतकीय पारी खेले । यस्तै, आरोन जोनसनले २३, दिलप्रीत बजवाले ११ रन जोड्दा श्रेयस मोभवा १६ बलमा ३२ रनमा अविजित रहे ।

बलिङतर्फ अमेरिकाका अलि खान, हरमित सिंह र कोरी एन्डरसनले १–१ विकेट लिए ।

अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा आजदेखि टी–२० विश्वकप सुरु भएको छ । नेपालको खेल मंगलबार रहेको छ । नेपालले नेदरल्यान्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ । समूह डी मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । समूह ए मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् ।

यस्तै, समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन् भने समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेस्ट इण्डिज, अफगानिस्तान र युगाण्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन्, जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।