२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ ।

भर्खरै सम्पन्न खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो । समग्रमा रियलको १५ औं च्याम्पियन्स लिग उपाधि हो ।

लण्डनको वेम्बली स्टेडियममा भएको फाइनलमा रियललाई उपाधि दिलाउन खेलको ७४ औं मिनेटमा डानी कार्भाहालले र ८३ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरे ।

पहिलो हाफमा डर्टमण्डले दबाब बनाएपनि दोस्रो हाफमा रियल खेलमा फर्कियो ।

कार्भाहालले कर्नरबाट उपलब्ध भएको पासलाई हेडरमार्फत गोल गरेका हुन् । यस्तै, जुड बेलिङहमको पासमा भिनिसियले गोल गर्दै रियलको जित पक्का गरे ।

यसअघि रियलले २०२१–२२ मा लिभरपुललाई हराउँदै उपाधि जितेको थियो । यता, डर्टमण्ड भने पहिलो उपाधि जित्न चुकेको छ । २०१२–१३ मा फाइनल खेलेको डर्टमण्ड यो पटक पनि उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

 




भर्खरै