५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताएका छन् ।

शनिवार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताए । उनले आफूहरु विश्वकपका लागि उत्साहित रहेको बताए । उनले करिव २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको बताउनु भयो । उहाँले राम्रो खेलेर समर्थकहरुलाई उपहार दिने बताए ।

उनले भने, ‘विश्वकपका लागि एकदमै एक्साइटेड छौँ । २५ दिनदेखि बाहिर नै छौँ । विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ । अभ्यास गरिरहेका छौँ । हामी तयारीमा छौँ । सबै जना साथमा हुनुहुन्छ । बेस्ट क्रिकेट खेलेर हामी खुशी दिनेछौँ । नेपाललाई अमेरिकामा सपोर्ट छ । राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ । टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामीले हामी पनि सक्षम छौँ भन्ने सन्देश दिनुपर्छ अब ।’

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको बताए । उनले सबै किसिमले अब नेपाल विश्वकप खेल्न तयार रहेको बताए । उनले यस पटक दुई वटा देशमा विश्वकप हुने भएको सो स्थानहरुको वातावरणमा भिज्न र अभ्यास गर्न नेपाल एक महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेको र अभ्यास जारी राखेको बताए । उनले नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको भन्दै स्पिनरमा ललित र सागरले जिम्मेवारी सम्हाल्ने बताए ।

उनले भने, ‘हामीले पहिलो गेमका लागि फोकस गरेर तयारी गरिरहेका छाँै । हामी अब सबै किसिमले विश्वकपका लागि तयार छौँ । नयाँ ठाउँमा केही तयारी गर्नुपर्ने हुन्छ । त्यसकै लागि हामी करिव एक महिनाअघि नै आएर यहाँ भिज्ने प्रयास गरेका छौँ । दुई फकर फरक देशमा खेल छ, त्यसका लागि हामी अब तयार छाँै । दीपेन्द्र सिंह ऐरी अहिले सबै किसिमले रेडी छ, अभ्यासहरु गरिरहेको छ । स्पिनर बलरको भुमिका धेरै नै महत्वपूर्ण छ, त्यसको लागि ललित र सागर छन् । त्यसले हाम्रो टिम ब्यालेन्स भएको छ ।’

उनले दीपेन्द्र सिंह ऐरी सबै किसिमले फिट रहेको बताउँदै नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको बताए । जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा टि २० विश्वकप शुरु हुँदैछ । नेपालको खेल भने जुन ४ मा नेदरल्याण्डसँग रहेको छ ।