६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी रकम हिनामिनाको आरोपमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै



अ+ अ-

मध्यविन्दु । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रु १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाबिरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्न लागेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । “प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमासहकारीको रकम हिनामिना गरेको आरोपमा राप्रपा सांसद गीता बस्नेत, उहाँका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थापक योगेन्द्र पाण्डे, सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मासहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्ने तयारी गरेका छौ”,उहाँले भन्नुभयो ।

गत हप्ता जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ रुपियाँ बराबरको बिगो, जरिवाना, हर्जना र जेलसजाय मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा र अन्य २५ जना फरार रहेका छन् ।

विसं २०६६ सालमा स्थापना भएको यो सहकारीमा २३ सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन् । रासस