८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

हार्दिकको साथमा उभिँदै हरभजनले भने – उनले कठिन समय झेलिरहेका छन्

हार्दिकको साथमा उभिँदै हरभजनले भने – उनले कठिन समय झेलिरहेका छन्
अ अ+ अ-

एजेन्सी । भारतीय पूर्व स्पिनर हरभजन सिंहले हार्दिक पाण्ड्यालाई समर्थन गरेका छन् । उनले पछिल्लो दुई महिना हार्दिकका लागि निकै कठिन रहेको बताएका छन् ।

अब हार्दिकले आगामी टी–२० विश्वकपमा आफ्नो प्रभावशाली प्रदर्शनका साथ यो खराब समयलाई पछाडि छोड्नुपर्ने हरभजन बताउँछन् । हार्दिकको कप्तानीमा मुम्बई इन्डियन्सको आईपीएलमा प्रदर्शन निकै निराशाजनक रह्यो । टोली तालिकाको पुछार १० औं स्थानमा थियो । हार्दिक आफैं बल र ब्याटमा प्रभाव पार्न असफल भए ।

यति मात्र होइन, हार्दिकलाई गाली पनि गरिएको थियो । यद्यपि, हरभजन आगामी टी–२० विश्वकपमा यी चीजहरू परिवर्तन हुने आशावादी छन् । ‘भज्जी’ले भने, ‘जब उसले भारतीय टिमको जर्सी लगाउँछ, तब उनी अर्कै हार्दिक पाण्ड्या हुनेछन् । उनी भारतका महत्वपूर्ण खेलाडीमध्ये एक हुन् । उनले रन बनाउनेसँगै विकेट पनि लिन सक्छन् । म हार्दिकलाई राम्रो गर्न चाहन्छु किनभने उसले धेरै कुराहरू भोगेको छ । म उनलाई राम्रो प्रतियोगिताको लागि शुभकामना दिन्छु ।’

भज्जीले अगाडि भने, ‘हार्दिकले राम्रो प्रदर्शन गर्न सफल भए भने भारतसँग प्रतियोगितामा अगाडि बढ्ने ठूलो मौका हुनेछ । उनको फर्म केही चिन्ताको विषय बनेको छ । यद्यपि, हामीले यो पनि हेर्नु पर्छ कि उनको दिमागमा धेरै कुराहरू चलिरहेका थिए । उनी गुजरात टाइटन्स छोडेर मुम्बई आउनु ठूलो परिवर्तन थियो ।’

हरभजनले थप भने– ‘आईपीएल ट्रफी जित्नुभन्दा विश्वकप जित्नु ठूलो उपलब्धि हो । त्यसैले म व्यवस्थापनलाई सबैलाई सँगै ल्याउन र उनीहरूको एकता सुनिश्चित गर्न आग्रह गर्दछु ताकि उनीहरू एक टोलीको रूपमा खेल्न सकून् । एकजुट भएर जित्नु व्यवस्थापनको दायित्व हो भन्ने मलाई लाग्छ । हारे पनि सँगै हार्नु पर्छ ।’