८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्ने लगभग पक्का

गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्ने लगभग पक्का
अ अ+ अ-

एजेन्सी । भारतीय टिमका पूर्व क्रिकेटर तथा कोलकाता नाइट राइडर्सका मेन्टर गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने लगभग पक्का भएको छ ।

क्रिकबजसँग कुरा गर्दै आईपीएल फ्रेन्चाइजीका मालिकले भने कि गम्भीर कोच बन्ने लगभग निश्चित छ र छिट्टै घोषणा गरिनेछ । शाहरुख खानले पनि यसबारे जानकारी पाएको बताइएको छ । बीसीसीआईको नियम अनुसार गम्भीर टिमको मुख्य प्रशिक्षक बनेमा उनले केकेआरको मेन्टरशिप छोड्नुपर्नेछ ।

सोमबार (मे २७) प्रशिक्षक पदका लागि आवेदन दिने अन्तिम मिति थियो । गम्भीरले यो पदका लागि आवेदन दिएको सम्भावना छ । यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

राहुल द्रविड हाल भारतीय टिमका मुख्य प्रशिक्षक छन् । उनको कार्यकाल अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपपछि समाप्त हुनेछ ।

४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरमा कोचिङको अनुभव छैन, उनी दुई आईपीएल फ्रेन्चाइजीमा कोचिङ स्टाफको इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी आईपीएल २०२२ र २०२३ मा लखनऊ सुपर जायन्ट्सका मेन्टर थिए । २०२४ सिजनमा उनी केकेआर मा सामेल भए । कोलकाता आईपीएल २०२४ को च्याम्पियन बनेको छ । गम्भीर यस सिजन कोलकाताका मेन्टरको भूमिकामा थिए । आइतवार खेलिएको फाइनल खेलपछि गम्भीर जय शाहलाई भेट्न आएका कारण उनी भारतको मुख्य प्रशिक्षक बन्ने अड्कलबाजी बढेको थियो ।

यस्तै, गम्भीरले एलएसजीमा बसेको पहिलो दुई सत्रमा टोलीलाई प्लेअफमा पुर्‍याएका थिए ।

एक खेलाडीको रूपमा, गम्भीरले २००७ मा भारतको टी–२० विश्व कप र २०११ मा एकदिवसीय विश्वकप जितेको हिस्सा थिए । उनले २०११ देखि २०१७ सम्म सात आईपीएल सत्रहरूमा केकेआरको कप्तानी गरे, र टोली पाँच पटक प्लेअफका लागि छनोट भयो । कप्तानको रूपमा उनले २०१२ र २०१४ मा दुई उपाधि जितेका थिए ।

राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो, जब भारत टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको थियो । टोलीले फेरि २०२२ को टी–२० विश्वकपमा सेमिफाइनल खेलेको थियो । सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो, तर भारत फाइनलमा पुगेपछि उनको कार्यकाल टी–२० विश्वकपसम्म थपिएको थियो ।

द्रविडको कोचिङमा टीम इन्डियाको एक मात्र सफलता सन् २०२३ को एसिया कपको रूपमा आएको थियो । आयोजक श्रीलंकालाई हराउँदै भारतले उपाधि जितेको थियो ।