८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन

दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन
अ अ+ अ-

एजेन्सी । भारतीय टोलीका स्टार विकेटकिपर/ब्याट्सम्यान ऋषभ पन्तले आफ्नो जीवनको सबैभन्दा कठिन समयको बारेमा खुलासा गरेका छन् ।

ऋषभ पन्त हालै शिखर धवनको नयाँ शो ‘धवन करेंगे’ मा सहभागी भएका छन् । यसै क्रममा २६ वर्षीय पन्तले गम्भीर कार दुर्घटनापछि आफूले भोगेको असहनीय पीडाबारे खुलेर कुरा गरे ।

ऋषभ पन्तको धेरै ठाउँमा फ्र्याक्चर भयो र लिगामेन्टका लागि घुँडाको शल्यक्रिया गर्नुपर्यो । यी चोटहरू उनको करियरको लागि विनाशकारी थिए, तर उनले हालै १५ महिनाको अन्तरालपछि आईपीएल २०२४ मा पुनरागमन गरे र टी–२० विश्वकपको लागि भारतीय टोलीमा समावेश भए ।

चोटपछिको आफ्नो अनुभवको बारेमा कुरा गर्दै ऋषभ पन्तले भने, ‘चोटबाट निको हुनको लागि आत्मनिर्भरता र आत्मविश्वास धेरै महत्त्वपूर्ण छ किनभने तपाई वरपरका मानिसहरूले सबै प्रकारका कुरा गर्छन् । व्यक्तिगत रूपमा तपाईले सोच्नुपर्छ कि तपाईको लागि के राम्रो छ । कार दुर्घटना मेरो लागि जीवन परिवर्तन गर्ने अनुभव थियो । जब मेरो आँखा खुल्यो, मलाई विश्वास थिएन कि म बाँच्न सक्छु । तर भगवानले मलाई बचाउनुभयो ।’

उनले थप भने, ‘मैले दुई महिनासम्म दाँत माझिनँ । मैले करिब छ–सात महिनासम्म असहनीय पीडा सहें । ह्वीलचेयरमा बसेर मानिसहरूसँग सामना गर्न हिचकिचाउने भएकाले मलाई विमानस्थल जान मन लागेन । अहिले क्रिकेटमा फर्किएपछि म दबाबभन्दा पनि उत्साहित महसुस गर्छु । मलाई यो दोस्रो जीवन जस्तै लाग्छ । म उत्साहित छु र अलि नर्भस पनि छु ।’

ऋषभ पन्तले आईपीएल २०२४ मा पुनरागमन गर्दै दिल्ली क्यापिटल्सको नेतृत्व गरेका थिए । उनले १३ खेलमा तीन अर्धशतकको सहयोगमा ४ सय ४६ रन बनाएका छन् । पन्तको औसत ४०.५५ र स्ट्राइक रेट १५५.४० थियो । उनको उत्कृष्ट स्कोर अविजित ८८ रन थियो । पन्तले दिल्ली क्यापिटल्सलाई प्लेअफमा पुर्‍याउन नसके पनि उनको व्यक्तिगत प्रदर्शनबाट फ्यानहरू निकै खुसी थिए । भारतीय फ्यानहरूले आगामी टी–२० विश्वकपमा पन्तबाट राम्रो प्रदर्शनको अपेक्षा गरेका छन् ।