२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः उपाधि जित्न कोलकातालाई ११४ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनल उत्साहजनक नहुने भएको छ । चेन्नईको चेपौकमा जारी खेलमा उपाधिका लागि कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिडिरहेका छन् ।

यसैबीच हैदरावादले कोलकातालाई ११४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको हैदरावाद १८.३ ओभरमा ११३ रनमै अलआउट भयो । हैदरावादका ब्याटिङ पुरै फ्लप सावित भयो ।

एडियन मार्करमले २०, हेनरिक क्लासेनले १६, प्याट कमिन्सले २४, नितिष रेड्डीले १३ रनमात्रै बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ कोलकाताका आन्द्रे रसेलले ३, मिचेल स्टार्क र हर्षित राणाले २–२ तथा वैभव अरोडा, वरुण चक्रवर्ती र सुनील नारायणले १–१ विकेट लिए ।