८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पावरप्लेमा बोल्टको सबैभन्दा बढी विकेट, चहल सर्वाधिक छक्का खाने बलर

पावरप्लेमा बोल्टको सबैभन्दा बढी विकेट, चहल सर्वाधिक छक्का खाने बलर
Trent Boult of Rajasthan Royals celebrates the wicket of Abhishek Sharma of Sunrisers Hyderabad during the qualifier 2 match of the Indian Premier League season 17 (IPL 2024) between Sunrisers Hyderabad and Rajasthan Royals held at the MA Chidambaram Stadium, Chennai on the 24th May 2024. Photo by Ron Gaunt / Sportzpics for IPL
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२४को क्वालिफायर-२ मा, सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। शुक्रबार चेन्नईको चेपौक स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सकेको थियो ।

खेलमा आरआरका ट्रेन्ट बोल्टले ३ विकेट लिए । उनी यो सिजन पावरप्लेमा सबैभन्दा बढी विकेट लिने बलर बनेका छन् । यो सिजन हेनरिक क्लासेनले स्पिनविरुद्ध सर्वाधिक छक्का प्रहार गरेका छन् । योसँगै चहलको बलमा आईपीएलको इतिहासमा सबैभन्दा बढी छक्का प्रहार हुने बलर बनेका छन् ।

१.चहल सबैभन्दा धेरै छक्का प्रहार हुने बलर
युजवेन्द्र चहल आईपीएलको इतिहासमा सबैभन्दा बढी  छक्का प्रहार हुने बलर बनेका छन् । लिगमा बलिङ गर्दा उनले कुल ३५२२१ बल बलिङ गरेका छन् । जसमा उनको बलमा २२३ छक्का प्रहार भएको छ । उनले पियुष चावलालाई पछाडि छोडे। चावलाको बलमा आईपीएलमा हालसम्म २२२ छक्का प्रहार गरिसकेका छन् ।

२. पावरप्लेमा सबैभन्दा धेरै रन बनाउने दोस्रो ब्याट्सम्यान बने हेड

अष्ट्रेलियाका ब्याट्सम्यान ट्राभिस हेड आईपीएलको एक सिजनमा पावरप्लेमा सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यान बनेका छन् । यस सिजन एसआरएचबाट खेल्दा उनले अहिलेसम्म ४०२ रन बनाएका छन्। यो सूचीमा अष्ट्रेलियाका ब्याट्सम्यान पनि शीर्ष स्थानमा छन् । सन् २०१६ मा एसआरएचबाट खेल्दा डेभिड वार्नरले पावरप्लेमा कुल ४६७ रन बनाएका थिए। यो सिजन वार्नरले कुल ८४८ रन बनाएका छन्।

३. क्लासेनको स्पिनविरुद्ध सबैभन्दा बढी छक्का

एसआरएचका ब्याट्सम्यान हेनरिक क्लासेन यस सिजन स्पिनविरुद्ध सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । क्लासनले यो सिजन ११४ स्पिन बलको सामना गरे जसमध्ये उनले २३ बलमा छक्का प्रहार गरे। क्लासनले आफ्नै सहकर्मी अभिषेक शर्मालाई पछाडि छोडे। अभिषेकले स्पिन बलरलाई २२ छक्का प्रहार गरेका छन् ।

४.कप्तानको रूपमा कमिन्सको १७ विकेट

एसआरएचका कप्तान प्याट कमिन्सले यो सिजन कुल १७ विकेट लिएका छन् । कप्तानका रूपमा उनी एक सिजनमा सबैभन्दा बढी विकेट लिनेमा दोस्रो स्थानमा छन्। यो सुचीमा शेन वार्न शीर्ष स्थानमा छन् । सन् २००८ मा अर्थात् पहिलो सिजनमा वार्नले राजस्थान रोयल्सको कप्तानी गर्दा कुल १९ विकेट लिएका थिए ।

५. एक इनिङमा दोस्रो उत्कृष्ट स्पिन फिगर

एसआरएच स्पिनरले दोस्रो इनिङ्समा ७ मध्ये ५ विकेट लिएका छन् । योसँगै स्पिनरहरूले यो सिजन एक इनिङमा दोस्रो उत्कृष्ट अंक दिएका छन् । सोही सिजनमा पिबिकेएसको घरेलु मैदानमा गुजरात टाइटन्सका स्पिनरले ७ विकेट लिएका थिए । एसआरएच स्पिनरले ५ विकेट लिँदा ५७ रन मात्र दिए ।

७. पावरप्लेमा बोल्टको सबैभन्दा बढी विकेट

ट्रेन्ट बोल्टले यो सिजन पावरप्लेमा सबैभन्दा बढी विकेट लिएका छन् । शुक्रबार पावरप्लेमा उनले कुल ३ विकेट लिए । उनले एसआरएचका भुवनेश्वर कुमारलाई पछाडि छोडे। भुवीले यो सिजन पावरप्लेमा १० विकेट लिएका छन् । उनले क्वालिफायर–२ मा कुनै सफलता पाउन सकेनन् ।