९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह

टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क

टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को सिजनपछि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप आयोजना हुनेछ । यस विश्वव्यापी प्रतियोगिताका लागि नेपाललगायत धेरै देशले आफ्नो टोली घोषणा गरिसकेका छन् ।

अष्ट्रेलियाले पनि जुन २ बाट हुने टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । अस्ट्रेलियाका ब्याट्सम्यान जेक फ्रेजर म्याकगर्कले आईपीएल २०२४ को सिजनमा बलियो प्रदर्शन गरेका छन् ।

दिल्ली क्यापिटल्सबाट खेल्दा उनले उत्कृष्ट ब्याटिङ गरे तर अष्ट्रेलियाले उनलाई १५ सदस्यीय खेलाडीमा स्थान दिएन ।

क्रिकेट अष्ट्रेलियाले म्याकगुर्कलाई रिजर्भ खेलाडीको रुपमा टिममा समावेश गर्न सक्ने अनुमान गरिएको छ । म्याकगुर्क बाहेक म्याथ्यु शर्ट पनि रिजर्भ खेलाडी हुनेछन् । यसैबीच क्रिकेट अष्ट्रेलियाले म्याकगर्कलाई रिजर्भ खेलाडीको रुपमा टिममा समावेश गर्न सक्ने अनुमान गरिएको छ । म्याकगर्क बाहेक म्याथ्यु शर्ट पनि रिजर्भ खेलाडी हुनेछन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अझै डेब्यू नगरेका म्याकगर्कले टी–२० विश्वकपको टोलीमा स्थान पाएका छैनन् किनभने अष्ट्रेलियासँग पहिले नै डेभिड वार्नर, ट्राभिस हेड र कप्तान मिचेल मार्स शीर्ष तीन स्थानमा छन् ।

यस्तै, ब्याटिङ अलराउन्डर शर्टले अष्ट्रेलियाका लागि पछिल्लो १४ टी–२० खेलमध्ये नौ खेलेका छन् । उनले यी मध्ये पाँचमा इनिङ्स सुरु गरेका थिए र पछिल्ला दुई सिजनमा बिग ब्यास लिग पनि खेलिसकेका छन् ।

मिडिया रिपोर्टका अनुसार अष्ट्रेलियाका मुख्य चयनकर्ता जर्ज बेलीले विश्वकपमा आफूसँग रिजर्भ लिने सुझाव दिएका थिए तर अहिले उनीहरूले सर्टसँगै म्याकगर्कलाई पनि लिएका छन् । अष्ट्रेलियाको टोली बिहीबार वेस्ट इन्डिज प्रस्थान गर्नेछ । उसले ट्रिनिडाडमा २८ र ३० मेमा नामिबिया र वेस्ट इन्डिजसँग दुई अभ्यास खेल खेल्नुपर्नेछ ।

हेड, क्यामरन ग्रीन, प्याट कमिन्स, मिचेल स्टार्क र ग्लेन म्याक्सवेल आईपीएल प्लेअफ खेलेपछि टोलीमा आउनेछन् । आईसीसीको नियम अनुसार १५ सदस्यीय टोलीमा समावेश भएका खेलाडीले मात्र विश्वकपमा भाग लिन पाउनेछन् ।

अष्ट्रेलियाले आफ्नो पहिलो खेल ओमानसँग जुन ५ मा बार्बाडोसमा खेल्ने छ । समूह बी मा अष्ट्रेलियासँगै इंग्ल्याण्ड, नामिबिया, स्कटल्याण्ड र ओमान परेका छन् ।

टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीः
टिम डेभिड, ट्राभिस हेड, डेभिड वार्नर, मिचेल मार्श (कप्तान), क्यामरुन ग्रीन, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एस्टन अगर, जोस इंग्लिस, म्याथ्यू वेड, प्याट कमिन्स, नाथन एलिस, जोश हेजलवुड, मिचेल स्टार्क, एडम जाम्पा ।