९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह

म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए

म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को ६८ औं खेलमा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाडलाई पहिलो बलमा नै आउट गरेर ग्लेन म्याक्सवेलले शनिबार ठूलो उपलब्धि हासिल गरेका छन् ।

इनिङ्सको पहिलो बलमा म्याक्सवेलले गायकवाडलाई यश दयालको हातमा सर्ट फाइन लेगमा क्याच आउट गराए ।

ग्लेन म्याक्सवेल आरसीबीका दोस्रो स्पिनर बने, जसले विपक्षी टोलीका ब्याट्सम्यानलाई पहिलो बलमै आउट गरे । यसअघि सन् २००९ मा केभिन पिटरसनले कोलकाता नाइट राइडर्सविरुद्ध यस्तो उपलब्धि हासिल गरेका थिए ।

पिटरसनले ब्रेन्डन म्याकुलमलाई विराट कोहलीबाट क्याच आउट गराएका थिए ।

आरसीबीले शनिबार भर्चुअल नकआउट खेलमा चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गर्यो । एम चिन्नास्वामी रंगशालामा भएको खेलमा आरसीबीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । जवाफमा चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनायो ।