२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मा आज डबल हेडर (एक दिनमा २ खेल) खेलिनेछ। आजको पहिलो खेल सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबीच हुनेछ । हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसोको ३:४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोली यो सिजन दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा हैदरावादले पञ्जाबलाई उसैको घरेलु मैदानमा २ रनले पराजित गरेको थियो ।

दिनको दोस्रो खेल राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच साँझ ७:४५ बजेदेखि बार्सपारा क्रिकेट स्टेडियम गुवाहाटीमा हुनेछ ।

आज हैदराबादको सिजनको अन्तिम लिग खेल हुनेछ । टोलीले १३ खेलमा ७ जित र ५ हार बेहोरेको छ । टोली अंक तालिकाको तेस्रो स्थानमा छ । हैदराबाद यसअघि नै प्लेअफमा पुगेको छ। यो सिजनमा पन्जाबको आज अन्तिम खेल हुनेछ । टोलीले प्लेअफमा स्थान गुमाईसकेको छ ।

हेड टु हेडमा हैदरावाद अगाडि 

आइपिएलमा हैदरावाद र पञ्जाबबीच कुल २२ खेल खेलिएका छन् । जसमा हैदरावादले १५ र पञ्जाबले ७ खेल जितेको छ ।

ट्राभिस हेडको नाममा सबैभन्दा धेरै रन

हैदरावादका तीन ब्याट्सम्यानले ३ सयभन्दा बढी रन बनाएका छन् । जसमा ट्राभिस हेड, हेनरिक क्लासेन र अभिषेक शर्मा पर्छन्। हेड ४ सय ४४ रन बनाएर टिमका सर्वाधिक रन स्कोरर हुन् । बलरमध्ये टी नटराजन र कप्तान प्याट कमिन्सले राम्रो प्रदर्शन गरिरहेका छन् । नटराजन १५ विकेट लिएका छन् ।

पञ्जाबका लागि शशांकको सर्वाधिक रन

पञ्जाबका शशांक सिंह, जोनी बेयरस्टो र प्रभसिमरन सिंह राम्रो लयमा छन् । टोलीका लागि शशांक सिंहले सर्वाधिक ३५२ रन बनाएका छन् । बलिङमा हर्षल पटेलले १३ खेलमा २२ विकेट लिएका छन् ।

पञ्जाबका साम करन र जोनी बेयरस्टो इंग्ल्याण्ड फर्किएका छन् । साम करनको स्थानमा जितेश शर्मालाई कप्तान बनाइएको छ ।