• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले



काठमाडौँ । यसअघि नै जर्मन बुन्डेसलिगाको उपाधि जितिसकेको बायर लिभरकुसेनले लिगको अन्तिम खेलमा जित निकाल्दै अपराजित रहेर कीर्तिमान राखेको छ ।

गएराति भएको खेलमा लिभरकुसेनले घरेलु मैदानमा अग्सवर्गलाई २–१ गोलले पराजित गर्यो ।

घरेलु टोलीलाई जित दिलाउन भिक्टर बोनिफेसले १२ औं तथा रोबर्ट एन्ड्रीचले २७ औं मिनेटमा गोल गरे । अग्सवर्गका मेर्ट कोमुरले एक गोल फर्काए ।

लिभरकुसेन सिजनको अन्त्यसम्म आइपुग्दा ३४ खेलमा २८ जित र ६ बराबरीसहित ९० अंकमा लिगको अन्त्य गर्यो । ८९ गोल गर्दा २४ गोल खायो । समग्रमा टोली ५१ खेलमा अपराजित रहेको छ ।