८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेपालका तीन खेलाडीले एसियाली पारा तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने

नेपालका तीन खेलाडीले एसियाली पारा तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने
अ अ+ अ-

काठमाडौँ । नवौँं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप २०२४ मा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७, भरतसिंह महताले पुरुष ५८, र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरूको  प्रशिक्षकमा कविराज नेगी लामा रहनुभएको छ । उक्त प्रतियोगितामा विभिन्न ३१ राष्ट्रका खेलाडीले सहभागिता जनाउने बताइएको छ । पलेशाले छनोट चरण पार गरेर पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरिसकेकी छिन् । छनोटचरण पार गरेर पारालिम्पिकमा सहभागिता पक्का गर्ने पलेशा पहिलो र एकमात्र खेलाडी हुन् । पलेशा चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन्।

उनी चौथो एसियाली पारा खेलकुदको कांस्य पदक विजेता पनि हुन् । पारा एसियाली खेलकुदमा नेपालले सो पदकमात्र हासिल गरेको थियो । पलेशाले सन् २०२१ मा बहराईनमा भएको युथ एसियन गेम्समा स्वर्ण पदक र सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् ।

नेपाल तेक्वान्दो सङ्घले पेरिस पारालिम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामाले जानकारी दिनुभयो । एसियन च्याम्पिनसिपबाट र्‍याङकिङमा आउन र र्‍याङकिङमा सुधार गर्न मद्दत पुग्ने भएको हुँदा अमिर र भरतलाई सहभागी गराइएको हो ।

प्रशिक्षकको भूमिकामा रहेका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको  प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्यपदक छन् ।

सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि शुक्रबार भियतनामको दनाङ प्रस्थान गर्नेछन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाई गर्नुभयो ।