४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाहा मार्न गएका युवा खोलामा बेपत्ता



अ+ अ-

ओखलढुङ्गा । ओखलढुङ्गामा खोलामा पाहा मार्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

आइतबार साँझ साढे सात बजेको समयमा चिशङ्खुगढी गाउँपालिका–७ ठोट्ने खोलामा साथीहरुसँग पाहा मार्न गएका सिद्विचरण नगरपालिका–५ चुप्लुका २९ वर्षीय सन्तोष राई बेपत्ता भएका हुन् ।

पाहा मार्ने क्रममा चिप्लिएर राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिनुभयो । प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता राईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । रासस