२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनि भ्रष्टाचारी ठहर भएका सांसदले संसदभित्रै सुशासनको नारा लगाउन थाले…



अ+ अ-

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै सुशासनको विषयलाई लिएर संसद् तात्यो । सहकारीको बचत हिनामिना गरेको मुद्दा संसद्मा चर्कियो । गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अबरुद्ध गर्‍यो ।

सदनमा नाराबाजी भइरहँदा केही रोचक दृष्य देखिए । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुरु गुरुङ पनि बैठक उपस्थित भएर नाराबाजी गर्न थाले । विशेष अदालतबाट भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ पहिलो पटक बैठकमा सहभागी भएका हुन् ।

कांग्रेसका सांसदहरु रोस्ट्रमै पुगेर नाराबाजी गर्न थालेपछि गुरुङ पनि सँगै पुगेर नाराबाजी गरे । उनले बैठकमा सहकारी ठगलाई कारबाहीको मागसमेत गरे । यो दृश्य हेरिरहेका अन्य सांसदहरु भने मुखामुख गर्दै थिए ।

शपथ ग्रहणलगत्तै भ्रष्टाचार निवारण ऐनअनुसार निलम्बनमा परेका सांसद गुरूङ एउटा पनि बैठकमा सहभागी हुन पाएका थिएनन् । तर सर्वोच्चले उनको निलम्बनलाई खारेज गरिदिएपछि उनी बैठकमा सहभागी भएका हुन् । पहिलो दिनको बैठक मै उनले सुशासनको पक्षमा नाराबाजी गर्न भ्याए । जबकी उनी आफैं विशेष अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका व्यक्ति हुन् ।

विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गुरूङको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

संसदको अधिवेशनको पहिलो दिन नेकपा एमालेका सुहाङ नेम्वाङ र जनता समाजवादी पार्टीकी हसिना खान पहिलो पटक बैठकमा पुगे ।
पूर्वसभामुख समेत रहेका बुवा सुवास नेम्वाङको निधन भएपछि इलाम–२ बाट सुहाङ निर्वाचित भएका हुन् । त्यस्तै जनता समाजवादी पार्टीकी सांसद हसिना खान पनि पहिलो पटक बैठकमा सहभागी भइन् ।