११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ

सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सयको नोटमा सरकारले नयाँ नक्शा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको निर्णयविरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

शुक्रवार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले आपत्ति जनाउनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवि नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्शा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिनुभएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले यस विषयमा राष्ट्रपति पोडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग गर्नुभयो । उहाँले संसदको बैठकमा नेकपा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिनुभयो । अध्यक्ष ओलीले सल्लाहकार नेपालले राष्ट्रिय हित विपरित बोल्नुभएको आरोप समेत लगाउनु भयो ।

उहाँले राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले हरेक नेपालको नोटमा र हरेक सिक्कामा अनिवार्य नेपालको नक्शा राख्नुपर्ने पनि बताउनु भयो । नेपालको अहित चिताउने, राष्ट्रिय भावनामा न्युनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाएर बस्न नमिल्ने बताउनु भयो । उहाँले नेपालले नेपाली नोटमा नेपालको नक्शा छाप्ने कुरालाई कुनैपनि देशले आपत्ति जनाउनुपर्ने विषय नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा कुरा राष्ट्रियताको पक्षमा अत्यन्त गैरजिम्मेवार र खेलवाडपूर्ण ढंगका अभिव्यक्तिहरु आएका छन् । नेपालले नेपाली नोटमा नेपालको नक्शा छाप्छ भन्ने एउटा खबर आयो । तपाईंहरुले पनि सुन्नुभयो होला । नेपाल सरकारले नेपालको नोटमा नेपालको नक्शा छाप्छ भन्दा अर्को देश कराएको सुनियो । किन करायो अर्को देश ? नेपालले नेपालले नेपालको नोटमा नेपालको नक्शा छाप्छ, उसको नक्शा छाप्ने होइन । किन करायो होला अर्को देश भन्दै गर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरु त्यो अर्को देश कराएको सँगसँगै यो फलनो देशलाई उत्तेजित पार्न खोजिएको हो, नक्शा छाप्ने कुरा आदि इत्यादि भनेर । कस्ता मान्छे सम्माननीय राष्ट्रपतिज्युले कस्ता मान्छे त्यहाँ जागिर खुवाएर राख्नुभएको छ ।

यस्तै मान्छे राखेर तिनकै सल्लाहअनुसार नेपाल देशले नेपालको नक्शा नेपालको नोटमा छाप्दा अर्को देशलाई उत्तेजित पार्न खोजेको, राष्ट्रियता कमजोर पार्न खोजेको भनेर राष्ट्रपतिको विज्ञ सल्लाहकार भन्नेहरु उफ्रिन्छ भने यो तमासा होइन । त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ ? यो प्रश्न हामी संसदमा गम्भीरताका साथ उठाउँछाँै । प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ की राष्ट्रपति आफैँले जवाफ दिनुहुन्छ की सल्लाहकार जहाँको हो त्यहीँ पठाउनुहुन्छ की के गर्नुहुन्छ ? यो साधारण कुरा होइन, हामी यसलाई गम्भीरताका साथ लिन्छौँ । नेपाल सरकारले आफ्नो गुमको भूभाग समेटेर नक्शा छाप्यो, त्यसलाई संविधानको अंग बनायो, त्यो नक्शा हाम्रो हो, नेपालको नोट हाम्रो नोट हो, हामीले धरौटि धितो राखेर छाप्छौँ, अनधिकृत कागजको खोस्टो होइन । हामीले हात्ती, गैँडा राखेका छाँै । घोरल, मयुर, डाँफे, गाई राख्छौँ । अरु पनि राख्न मन लाग्यो भने राख्छौँ ।

नेपालको नक्शा किन राख्दैनौँ । पहिला पहिला राजा, महाराजाका पनि राख्थ्यौँ । अहिले राजाहरु हटे, नक्शा राख्नुपरेको छ । हरेक नेपालको नोटमा र हरेक सिक्का अनिवार्य राख्ने गर्नुपर्छ । नेपालको नक्शा नेपालको नोटमा छापिने भन्दा राष्ट्रपति निवास कराउँछ, कस्तो राष्ट्रपति निवास ? कस्ता सल्लाहकार ? के भएको यो देश ? हामी नेपाली ट्वाँ परेर हेरेका छाँै ।

नेपालको यतिसम्म अहित चिताउने, राष्ट्रिय भावनामा न्युनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाउने ? सर्वोच्च निकाय, सर्वोच्च संस्था राष्ट्रपति कार्यालय त्यहाँ सर्पको गुँड ? के भएको यो । हामी दरैगरी यस कुराको छिनोफानो खोज्नेछाँै । विज्ञ सल्लाहकार राष्ट्रपतिको बोली बोल्नका लागि त्यहाँ राख्ने हो । आवाजका लागि त्यहाँ राखिन्छ, यो राष्ट्रपतिको आवाज हो की होइन, हामी सोध्न चाहन्छाँै ।’

अध्यक्ष ओलीले नेकपा एमालेले गम्भीर रुपमा यसबारेमा छिनोफानो खोज्ने पनि बताउनु भयो ।