२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री यादबको गुनासो: सरकारले नै पार्टी फुटायो



अ+ अ-

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारपले नै आफ्नो पार्टी फुटाइदिएको आरोप लगाउनु भएको छ ।

आज पत्रकार सम्मेलन आयोजना गरीयादबले आफूलाई पार्टी फुट्नुमा बाहिर हल्ला आएको जस्तै आशंका रहेको बताउनु भयो । उहाँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ लक्षित गर्दै शिसाको घरमा बस्नेले अरुको घरमा ढुङ्गा हान्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो ‘सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्न हुँदैन । आफ्नै घरमा फर्किन सक्छ । यहाँहरुलाई जस्तो लागेको छ । मलाई पनि त्यस्तै लागेको छ।’

यादबले वर्तमान सरकारलाई जसपा नेपालको समर्थन कायमै रहने बताउनु भयो । उहाँले भन्नुभयो प्रधानमन्त्री प्रचण्डलाई पनि ‘सत्ता समीकरण परिवर्तन हुँदैछ, उपेन्द्र र कांग्रेसबीच छलफल भइरहेको छ’ लगायतका हल्ला सुनाएर भ्रममा पारिकाएको उनले बताए । वर्तमान सरकार बनेदेखि आफूले कांग्रेसका कसैसँग पनि भेट नगरेको र कांग्रेसका नेता तथा कार्यकर्तालाई चिया पसलमा पनि भेटेको छैन ।