६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यराति आइपुगे उपेन्द्र, आज संसदीय दलको बैठक, सरकारबाट बाहिरिने तयारी



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमण पूरा गरी गएराति स्वदेश फर्किनुभएको छ । विदेश जाँदा सग्लो पार्टी छाडेर हिँड्नु भएका यादव स्वदेश फर्किंदा दुई टुक्रा भइसकेको छ ।

कतार एयरवेजको जहाजबाट राति १ बजे उहाँ काठमाडौं आइपुग्नुभएको हो । उहाँलाई विमानस्थलमा स्वास्थ्य मन्त्रालयका केही कर्मचारी र जसपा कार्यकर्ताले स्वागत गरेका थिए ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गत शनिबार बेलुकी यादव अमेरिका जानुभएको थियो । तर एक सातामा नेपाल फर्किँदा यादवले पार्टी विभाजन भइरहेको थियो ।

यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएका अशोक राई नै पार्टी विभाजन गर्नुभएको हो । जसपाका १२ मध्ये ७ जना सांसद नयाँ पार्टीमा लागेका छन् । यादवको पक्षमा अब प्रतिनिधिसभामा ५ सांसद मात्र रहने छन् ।

पार्टी विभाजनको पीडाका बीच अध्यक्ष यादवले आजै संसदीय दलको बैठक बोलाउनुभएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका आफ्ना सबै सांसदलाई उपस्थितिका लागि भनिएको छ । आजको बैठकले पार्टी विभाजनको समीक्षा गर्ने छ ।

सत्ता सहयात्री दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कारण आफ्नो दल विभाजित भएको बुझाइ यादवको छ । उहाँले आजै उपप्रधान तथा स्वास्थ्यमन्त्रीको पदबाट राजीनामा दिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने सम्भावना रहेको स्रोतको दाबी छ । यसअघि अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गर्ने बताइएको छ ।