२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन



अ+ अ-

एजेन्सी । भारतको पुणेस्थित लोहेगाउँमा क्रिकेट खेल्दै गर्दा ११ वर्षीय बाललको निधन भएको छ । यो दर्दनाक दुर्घटना त्यहाँ जडान गरिएको सीसीटीभी क्यामेरामा पनि कैद भएको थियो ।

शौर्य साथीहरूसँग क्रिकेट खेल्दै थिए । उनी बलिङ गरिरहेका थिए । त्यसपछि केही यस्तो भयो कि शौर्यले ज्यान गुमाउनु पर्यो । उनका साथीहरूले केही गर्न सकेनन् ।

गर्मीको बिदामा शौर्य दाजुभाइ र साथीभाइसँग क्रिकेट खेल्दै थिए । बिहीबार साँझ यी सबै लोहेगाउँस्थित जगतगुरु स्पोर्ट्स एकेडेमीमा खेलिरहेका थिए । शौर्य बलिङ गर्दै थिए । अगाडि उभिरहेका ब्याट्सम्यानले उनका केही बलमा सट प्रहार गरे ।

यस्तै एउटा प्रहार सीधै शौर्यलाई लाग्यो । बल सीधै शौर्यको गुप्तांगमा लागेको थियो । ११ वर्षको निर्दोष बालक त्यहीँ पीडाले कराउन थाल्यो । उनी भुइँमा लडेर उठे तर उनको अवस्था बिग्रन थाल्यो ।

सुरुमा उनलाई सामान्य चोट लागेको थियो तर शौर्यले आँखा नखोल्दा सबै डराए । घटनाबारे उनको परिवारका सदस्यलाई जानकारी गराइएको थियो । परिवारले शौर्यलाई अस्पताल पुर्याए पनि उनको ज्यान बचाउन सकेनन् । शौर्यलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस विषयमा विमन्तल प्रहरी चौकीमा आकस्मिक मृत्युको मुद्दा दर्ता भएको छ । शौर्यको शव पोष्टमार्टमका लागि सासन अस्पतालमा राखिएको छ । पुणे मिररको रिपोर्टका अनुसार मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।