६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोंगबुको होटलमा महिलाको शव फेला, एक जना पक्राउ



अ+ अ-

काठमाडौं । गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा युवतीको शव फेला परेको छ ।

मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

शुक्रबार होटलमा झुण्डिएको अवस्थामा भेटिएपछि उनलाई उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको तियो । अस्पताल पुर्याएपछि चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

भण्डारीको हत्या आरोपमा प्रहरीले चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीलाई पक्राउ गरेको छ । उनीहरु दुबैजना होटलमा संगै बसेका थिए । मृतकको परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

लामो समयसम्म ढोका नखोलेपछि होटलका अन्य व्यक्तिलाई बोलाएको कार्कीले बयान दिएका छन् ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।