२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्रेसरमा परेर गम्भीर घाइते भएकी डोटीकी साउदलाई पूर्वमन्त्री आलेको आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले गहुँ चूट्ने क्रममा थ्रेसरमा परि गम्भीर घाइते भईएकी डोटीकी एक महिलालाई आर्थिक सहयोग गर्नुभएको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका–३ का नारायण साउदकी श्रीमती चनादेवीको गहुँ च्ट्ने क्रममा थ्रेसरमा परि गम्भीर घाइते भएर हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइरहनुभएकी घाइते महिला साउदको पूर्वमन्त्री आलेले अस्पतालमै गएर स्वास्थ्य अवस्था बुझ्नुका साथै निजको उपचारका लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । घाइते साउदको टाउँकामा चोट लागेको बताइएको छ ।

डोटी लगायत समग्र सुदूरपश्चिमबाट गम्भीर प्रकृतीका बिरामी तथा चोटपटक लागेर घाइते भई उपचारका लागि काठमाडौँ लगायतका ठाउँमा आएकाहरुलाई पूर्वमन्त्री आलेले बिगतदेखि नै उपचारका लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

पूर्वमन्त्री आलेले बिरामीहरुलाई अस्पतालमै गएर भेट्ने तथा उपचारका लागि आर्थिक सहयोग गर्दै आएका कारण त्यहाँका बिरामी तथा उनीहरुका आफन्तले पूर्वमन्त्री आलेलाई बिरामी भएका विषयमा पहिलो जानकारी दिने गरेका छन् ।