२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीका आगलागी पीडितको गुनसो: प्रदेश र संघ सरकारले बेवास्ता गरे



अ+ अ-

जनकपूर । महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका आगलगाीबाट पीडित स्थानीयहरुले नागरिहरुप्रति प्रदेश र संघ सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

उनीहरुले संघ र प्रदेश सरकारले राहतको घोषणा चाँडो भन्दा चाँडो गर्नुपर्नेमा बेखबर हुनु शोभनीय नभएको बताए । नागरिकहरु आगलागीबाट पीडित बन्दापनि प्रदेश र संघ सरकारले कुनैपनि राहतको घोषणा नगर्नु दु:खको कुरा भएको बताए । गत बुधवार महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीमा आगलागी हुँदा एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएका थिए । मध्यान्ह १२ बजे सल्केको आगो साँझ ६ बजे नियन्त्रणमा आएको थियो ।

आगलागीबाट घरबारबिहीन भएकाहरु त्रिपालमुनि रात काट्न बाध्य छन् । उनीहरु गर्मी समयमा घरभित्रै बस्नुपर्ने बेलामा घाममा बस्नुपरेको र यसले अन्य रोगको जोखिम बढाउनेमा चिन्तित छन् । साथै प्रदेश र संघ सरकारले आगलागी पीडितका लागि राहत घोषणा नगर्दा राज्य छ भन्ने महशुस गर्न नसकेको बताए । आगलागी भएको बस्तीमा अवलोकन एवं निरीक्षणका लागि पुग्नुभएका नेपाली काँग्रेकसा सहमहामन्त्री महेन्द्र यादवले प्रदेश र संघीय सरकारले चाँडो भन्दा चाँडो राहतको घोषणा गर्नुपर्नेमा बेखबर भएको बताउनु भयो । उहाँले जनताको दु:खमा सरकार बेखबर हुनु दु:खद् कुरा भएको बताउनु भयो । उहाँले प्रदेश र संघ सरकारले कुनै राहत घोषणा नगरेको बताउनु भयो ।

आगलागी पीडित फूलदेवी पासवानले आगोका कारण सबै जलेर नष्ट भएको र लगाउने कपडा र खानेकुरा केही नरहेको बताउनु भयो । उहाँले आगलागी कारण आफूले पालिरहेको गाई मरेको र अन्य केही नबचेको बताउनु भयो । त्यस्तै अर्का आगलागी पीडित मोहम्मद शेखले गर्मीको समयमा त्रिपाल टाँगेर बस्नुपरेको र यसले बालबालिकाहरुमा रोगको जोखिम बढाउने बताउनु भयो । उहाँले खानेकुराहरुको पनि अभाव हुँदै गएको र सरकारले चासो नदेखाएको गुनासो गर्नुभयो ।

यता मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले आगलागी भएको दिनदेखि नै पीडित परिवारलाई राहत उपलब्ध गराउन लागिपरेको बताउनु भयो । उहाँले नगरपालिकाले चिउरा, चिनी, त्रिपाल, बाल्टिन र जग उपलब्ध गराएको बताउनु भयो । उहाँले बाल्टिन र जग नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको र बिस्कुट र आँटा लगायतका खानेकुराहरु वितरण गरिरहेको बताउनु भयो । पीडितलाई तत्काल पर्ने हरेक किसिमका सहयोग उपलब्ध गराइरहेको बताउनु भयो । चामल, दाल र पैसा उपलब्ध गराइने पनि बताउनु भयो । प्रदेश र संघ सरकारलाई राहतको प्याकेजका लागि सहयोग गर्न पत्राचार गरिएको बताउनु भयो ।

उहाँले पीडितलाई बास र भोजनको समस्या सबैभन्दा ठूलो रहेको बताउनु भयो । प्रदेश र संघ सरकारसँग समन्वय भइहरेको र सोहीअनुसारको व्यवस्थापन भइरहेको बताउनु भयो ।