८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय सेवा आयोगको बैठक बस्दै



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )
अ+ अ-

काठमाडौँ । आज शुक्रबार न्याय सेवा आयोगको बैठक बस्दै छ । नेपाल बारको असहमतिकै बीच प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

आयोगमा प्रधानन्यायाधीश राणा सहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य छन् ।

लामो समयदेखि न्याय सेवाको बैठक बस्न सकेको छैन । कानुन, न्याय तथा अदालतका विषयमा छलफल गर्नुपर्ने भए पनि प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बार एसोसियसनको आन्दोलन चर्किएपछि न्याय सेवाको बैठक यसअघि प्रभावित हुँदै आएको छ ।  

प्रधानन्यायाधीश राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक बोलाएका हुन् । यसअघि ६ पुसमा बोलाइएको भए पनि बैठक बस्दै नबसी स्थगित हुन पुगेको थियो ।