५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने



अ+ अ-

ढोरपाटन । पर्यटन प्रवद्र्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास सञ्चालन गरिने भएको हो । दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा (बिवाइसी) बागलुङको साझेदारीमा घरबास सञ्चालन गर्न थालेको कार्यक्रम संयोजक उत्तम अर्यालले बताउनुभयो ।

युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यावसायिक घरबास सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यो अभियान थालिएको उहाँको भनाइ छ । पहिलो चरणमा ढोरपाटन उपत्यका क्षेत्रमा सञ्चालित पाँच घरबास सञ्चालकलाई रु दुई लाख ८० हजार बराबरको सामग्री वितरण गरेको अर्यालले बताउनुभयो ।

ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको संयोजक अर्यालको भनाइ छ । हाल सञ्चालनमा रहेका घरबासलाई व्यवस्थित गराउने र युवालाई प्रत्यक्ष रोजगारीसँग जोड्ने कामको सुरुवात गरेको अर्याल बताउनुहुन्छ ।

घरबासमा आवश्यक पर्ने लत्ताकपडादेखि विस्तारा, कुर्सी, टेबल, ग्यास सेटलगायत विभिन्न ४० प्रकारका सामग्री हस्तान्तरण गरिएको छ । सञ्चालकलाई विभिन्न तालिममार्फत घरबास विषयमा विज्ञ बनाउने र दिगो रुपमा अगाडि बढ़ने गरी कार्यक्रम तय गरिएको उहाँ बताउनुहुन्छ । यस वर्षको पुस १५ गतेसम्म १७ र त्यसपछि १३ घरबास सञ्चालनमा ल्याइने अर्यालले जानकारी दिनुभयो । पहिलो चरणमा रु ८५ लाख लगानी लगानी गर्न थालेको उहाँको भनाइ छ ।

“घरबास सञ्चालन गर्न रुचि राख्ने युवा, उद्यमी र महिलालाई हामीहरुले सहयोग गर्छौँ, वडा कार्यालयले सिफारिस गरेका व्यक्ति हुनुपर्ने छ, एउटा घरबासका लागि रु दुई लाख ८० हजारसम्म सहयोग हुन्छ, अहिले तत्काल सञ्चालन हुँदै आएको ढोरपाटनका पाँच घरबास सञ्चालकलाई सहयोग गरेका छौँ”, कार्यक्रम संयोजक अर्यालले भन्नुभयो, “अब छिट्टै अन्य उद्यमीलाई पनि हुन्छ, खास गरि ‘इको टुरिज्जम’का लागि यो कार्यक्रम गर्न थालेका हौँ ।”

युवालाई गाउँमै रोजगारीको सिर्जना गराइ व्यावसायिक बनाउन एक सय ५० जनाका लागि फरकफरक कार्यक्रम सञ्चालनसमेत गरिने भएको छ । युवालाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी बनाउने लगायतका तालिमका माध्यमबाट सीप सिकाइ आयआर्जनसँग जोडिने छ ।

ढोरपाटनका कार्यबाहक नगर प्रमुख धनबहादुर कायतले यस क्षेत्रको पर्यटन प्रवद्र्धन, स्वरोजगार सिर्जना र घरबास सञ्चालन व्यवस्थापनमार्फत पर्यटन प्रवद्र्धन हुनुका साथै धेरै युवाले रोजगार बढाउने बताउनुभयो । ढोरपाटन र निसीखोलामा थुप्रै सम्भावना हुँदाहुँदै पनि पछाडि परेको भन्दै अब विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर विकासको गति बढाउने उहाँको भनाइ छ ।