२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास

पशुपति मन्दिरमा सुनको जलहरी राख्न नदिईने

पशुपति मन्दिरमा सुनको जलहरी राख्न नदिईने
अ अ+ अ-

काठमाडौं । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने तयारी भएपछि विवाद बढेको छ । पुरानो जलहरीमा खिया पनि लागिसकेकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तयारी भएको हो । यसरी जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शनविपरीत भएको तर्कसहित विरोध सुरु भएको हो । स्मारकसम्बन्धी ऐनले नयाँ संरचना वा वस्तु थप्न निषेध गरेको छ । सरकारले भने सुनको जलहरी राख्ने कार्य अघि बढाइसकेको छ ।

कोष सञ्चालक समितिको गत बुधबार बसेको बैठकले जलहरी राख्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारका तर्फबाट ३० करोड रुपैयाँ उपलब्ध गराउने वचन दिएपछि सुनको जलहरी राख्ने कार्य अघि बढेको छ ।

तर मन्दिरका पुजारी, स्थानीय र सरोकारवाला व्यक्तिले भने सुनको जलहरी राख्न नदिने बताएका छन् । उनीहरुले ऐतिहासिक महत्त्वको मन्दिरको कुनै पनि वस्तु वा संरचना चलाउन नहुने अडान राख्दै आएका छन् । नागरिक दैनिकमा समाचार छ ।