२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

अब यी ७ खालका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा

अब यी ७ खालका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा
अ अ+ अ-

काठमाडौँ । सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको हो । मन्त्रालयका अनुसार श्वासप्रश्वासका दीर्घरोगीमा सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिज) र कडा प्रकारको दम भएकाहरू, असाध्य मिर्गौला रोगी, मुटुको धमनीमा समस्या भएका तथा मुटुले पूर्ण रूपमा काम नगर्ने र जटिल प्रकारका मधुमेहका बिरामीका साथै अंग प्रत्यारोपण गराएकाहरू, क्यान्सर रोगी तथा सिकल सेल एनिमिया रोगले ग्रसितहरूलाई खोप दिने योजना बनाइएको छ । ‘दीर्घरोगी

सबैभन्दा जोखिममा छन् । श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई जोगाउन हामी सधैं जाडो सुरु हुनुअघि इन्फ्लुएन्जाको खोप लगाउँछौं । कोरोनाले त अझ बढी छाती रोगसहित अन्य दीर्घरोगीलाई असर गरेको पाइयो,’ शिक्षण अस्पताल महाराजगन्जका छाती रोग विशेषज्ञ एवं कोभिड–१९ उपचारका संयोजक डा। सन्तकुमार दासले भने, ‘उनीहरूलाई खोप लगाउँदा मृत्युदरमा कमी आउने निश्चित छ ।’

दीर्घरोगीमध्ये पनि मिर्गौला, फोक्सो, मुटुका विभिन्न समस्या भएका तथा क्यान्सरबाट थलिएकालाई कोरोनाले बढी सकस दिएको देखिएको उनले बताए । ‘बढी जोखिममा भएकालाई सुरक्षित गर्न खोप दिनका लागि प्राथमिकता दिनु उचित हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यास पनि यही छ । त्यसैले सरकारको योजना स्वाभाविक हो ।’ संक्रमण युवाहरूलाई बढी देखिए पनि मृत्युदर वृद्ध र दीर्घरोगीमा बढी रहेको उनले बताए ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा। अनुप बाँस्तोलाले रक्त क्यान्सरसहित कोरोनाको निमोनिया भएका कसैलाई बचाउन नसकिएको दाबी गरे । ‘कोरोनाले ६० वर्षभन्दा माथिका मधुमेह र विभिन्न प्रकारका दीर्घरोगीलाई नै सताउँदो रहेछ,’ उनले भने, ‘एउटा परिवारमा सबै संक्रमित हुँदा वृद्धवृद्धाको मृत्यु भयो भने युवा छोराछोरी बाँचे । यो अवस्था अध्ययन गर्दा वृद्धवृद्धालाई कोरोनाले च्यापेको देखिन्छ ।’ मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेमा पनि ७५ वर्षभन्दा माथिका २५ प्रतिशतभन्दा बढी छन् ।

सरकारले खोप लगाउने दोस्रो प्राथमिकतामा ५५ वर्षदेखि ७४ वर्षसम्मका नागरिक, ४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोगी, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीहरूमध्ये दीर्घरोग भएका व्यक्तिहरूलाई राखेको छ ।

‘प्राथमिकताका आधारमा अब कसलाई खोप दिने भनेर हामीले निर्धारण गरिसकेका छौं,’ स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख तारानाथ पोखरेलले भने, ‘उच्च जोखिममा जो छन् उनीहरूको पालो चाँडै आउने व्यवस्था मिलाइसकेका छौं ।’ कुन–कुन दीर्घरोग लागेकालाई खोप दिने भन्ने तय गरे पनि उनीहरूको पहिचान गर्न कठिन रहेको उनले बताए । पहिचान गर्ने आधार तय भइरहेको उनको दाबी थियो । ‘पहिलो चरणको खोप लगाइसकेपछि उमेर समूहअनुसार खोप दिने कि जोखिममा रहेर काम गर्ने पेसाकर्मीलाई दिने भन्ने निर्णय हुन बाँकी छ,’ उनले भने, ‘कसलाई खोप लगाउनेभन्दा पनि पहिलो चरणमा आएको खोपमध्ये कति बाँकी रहन्छ, त्यसका आधारमा प्राथमिकता निर्धारण हुन्छ ।’

मन्त्रालयले यसअघि बनाएको योजनाअनुसार दोस्रो प्राथमिकतामा पर्ने समूह कुल जनसंख्याको १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार, २ सय ६९ जना रहेको अनुमानित तथ्यांक छ । उनीहरूका लागि मात्रै १ करोड ४ लाख ४३ हजार १ सय ८५ डोज खोप आवश्यक पर्छ । तर नेपालले कहाँबाट कति खोप खरिद गरेर ल्याउँछ भन्ने टुंगो भने भइसकेको छैन । ‘सुविधा पर्खिने, कम्पनीले दिने मूल्यमा लिने वा सहुलियतका लागि पहल आदि के गर्दा सहज हुन्छ त्यही गर्नेमा सरकारले नीति प्रस्ट पारिसकेको छ,’ स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले भने, ‘आवश्यक खोप खरिदका लागि पहल भइरहेको छ । सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार कुनै पनि बेला खोप ल्याउन सकिन्छ ।’ चीन सरकारले आइतबार नेपाललाई १ लाख ५० हजार जनालाई पुग्ने गरी तीन लाख मात्रा खोप सहयोग गर्ने जनाएको थियो । चिनियाँ सरकारी कम्पनी ‘सिनोफार्म’ ले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले नेपालमा आपत्कालीन प्रयोग अनुमति दिइसकेको छैन । भारतबाट सहयोगमा भित्रिएको १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप अहिले लगाउने काम भइरहेको छ, जुन खोपलाई विभागले नेपालमा आपत्कालीन प्रयोग अनुमति पनि दिएको छ ।

सहयोगस्वरूप आइपुगेको खोप लगाउन गत बुधबारदेखि सुरु भएको हो । पहिलो चरणको खोप अभियान माघ २३ सम्म चल्नेछ । मन्त्रालयका अनुसार ६ दिनमा सातै प्रदेशमा १ लाख १३ हजार १ सय ७५ जनाले खोप लगाएका छन् । पहिलो चरणमा सरकारी, निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, त्रिभुवन विमानस्थलका कर्मचारीहरूलाई खोप लगाउने काम भइरहेको छ । यस्तै पहिलो चरणमै जेलमा रहेका कैदी तथा सुरक्षाकर्मी, वृद्धाश्रममा आश्रित व्यक्तिहरू र कार्यरत कर्मचारीलाई खोप लगाइएको छ । ७५ वर्ष उमेर समूहका नागरिकलाई पहिलो चरणमै समावेश गर्ने योजना बनाइएको थियो । तर भ्याक्सिन अपुग हुने भएपछि दोस्रो प्राथमिकतामा राखिएको हो । कान्तिपुर दैनिक