११ असार २०८३, बिहीबार
,
Latest
श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० क्विन्टल जडीबुटी ट्र्याक्टरसहित दुई जना पक्राउ



अ+ अ-

खलङ्गा । सङ्कलन पुर्जी र छुट पुर्जी विना लैजाँदै गरेको जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । यहाँको  पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । 

“जाँचका क्रममा सङ्कलन पुर्जी भेटिएको छैन”, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भन्नुभयो, “दुवै ट्र्याक्टरमा ल्याएको जडीबुटी नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएका छौँ ।” पातारासी गाउँपालिका–७ बस्ने टेकेन्द्र बुढा र असल कठायतले ट्र्याक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका आुसार सङ्कलन पुर्जी तथा छुट पुर्जी विना लैजाँदै गरेको अवस्थामा प्रहरीले ४० क्विन्टल सेतक चिनी जडीबुटी नियन्त्रणमा लिएको छ । चालकसहित दुवै ट्र्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएकोे छ । 
    
ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ 

ज्यान मार्ने उद्योगका आरोपमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिला गाउँपालिका–४ सापुल्ली गाउँका टोपबहादुर शाहीका छोरा कलम शाही रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गराएर शाहीलाई हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । रासस