८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी बिहीवारदेखि यी क्षेत्रका वर्षा र हिमपात हुने, कुन-कुन क्षेत्रमा हुनेछ बर्षा र हिमपात



अ+ अ-

काठमाडौं । आगामी बिहीवारदेखि शनिवारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

बिहीवारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी शुरू हुनेछ । हाल देशका पहाडी भूभागमा आशिंक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही १ नम्बर प्रदेश, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री र अधिकतम तापक्रम १८ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । 

मंगलवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ५ डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस रहेको छ । रासस