काठमाडौं । अनलाईन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले आफ्नै मोबाइलबाट छोराछोरीको प्रगति हेर्न मिल्ने एप, नेपालमै पहिलो पटक आएको छ ।
एम्बिसन गुरु नेपाल प्रालिले ल्याएको यो एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्ययनरत आफ्ना छोराछोरी वा भाईबहिनीले एपमा कति समय बसेर पढिरहेका छन् । उनीहरुले पढाइमा कति प्रगति भइरहेको छ । विद्यार्थीले कतिवटा लाइभ क्लास लिए, कति वटा छुटाए । कुनकुन परीक्षामा सहभागी भए । नबुझेका कुरा शिक्षकलाई प्रश्न गरिरहेका छन् कि छैनन् जस्ता कुरा थाहाँ पाउन सक्नेछन् ।
परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि मोबाइलबाट नै हेर्न सक्ने कम्पनीले जनाएको छ । एपमा रहेको फिचरमा कुनकुन विषयमा अझ मेहेनत गर्नुपर्ने छ, जस्ता कुरा अत्याधुनिक एआइ प्रविधिले गाईड गर्नेछ । यस्तै प्रत्यक्ष गुरुसँग पनि तपाइले परामर्श लिन सक्नेछन् । । आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलमा छोराछोरीबाट टाढा बस्नुपर्ने ब्याध्यात्कम अवस्थामा रहनुभएका अभिभावका लागि यो एप वरदान सावित हुने कम्पनीले जनाएको छ ।
इ(लर्निङ प्लेटफर्म एम्बिसन गुरुमा स्थापनाकोहाल सम्म हाम्रो एप डाउनलोड गर्नेको संख्या एक लाख भन्दा बढी पुगेको छ । नेपालकै उत्कृष्ट गुरूहरूबाट एसईई, +२, साईन्स, मेनेजमेन्टका ब्याच्लर र माष्टर्स लेबलका विभिन्न विषयका परीक्षाको तयारी अनलाईनबाट गराउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायका विभिन्न दरवन्दिका लागि खुलेका आवेदनको तयारी कक्षा सञ्चालन गरिरहेका छौ । यस्तै आयल्ट्स्, कोरियन र जापनिज भाषा पनि सिकाईने छ ।
सामाजिक उत्तरदायित्व र शिक्षामा सबैको समान पहुँच होस् भन्ने उदेश्यले हालै सम्पन्न एसईईका पाँच हजार विद्यार्थीलाई छात्तवृत्ति प्रदान गरेका दाबी कम्पनीले गरेको छ ।