६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रामक विज्ञापन मुद्दा – रामदेवले सर्वोच्च अदालतमा मागे माफी



file photo
अ+ अ-

एजेन्सी । भ्रामक विज्ञापन मुद्दामा भारतीय सर्वोच्च अदालतले मंगलबार बाबा रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई जवाफ पेश गर्न अन्तिम मौका दिएको छ ।

अदालतले एक साताभित्र जवाफ पेश गर्न भनेको छ । अर्को सुनुवाई अप्रिल १० मा हुनेछ । अदालतले सुनुवाइमा रामदेव र बालकृष्णलाई उपस्थित हुन भनेको छ ।

आजको सुनुवाइका क्रममा रामदेवका वकिल बलवीर सिंहले अदालतमा योग गुरु माफी माग्न उपस्थित भएको बताए । भीडका कारण रामदेव अदालतमा पुग्न भने सकेनन् । उक्त शपथपत्र हेरेपछि अदालतले सो प्रतिज्ञापत्र सही नभएको भन्दै हप्कायो ।

जब बलवीर सिंहले माफी पढेर सुनाए, अदालतले यस्तो अवस्थामा आदेश उल्लङ्घन गर्ने व्यक्तिले माफी माग्नुर्ने जिकिर गर्यो । ‘हामी रामदेवका वकिलको माफी सुन्न चाहँदैनौं ।’ अदालतले भन्यो ।

सुप्रीम कोर्टले १७ अगस्त, २०२२ मा इन्डियन मेडिकल एसोसिएशन (आईएमए)द्वारा दायर याचिकाको सुनुवाई गरिरहेको थियो । पतञ्जलीले कोभिड खोप र एलोप्याथीविरुद्ध नकारात्मक प्रचार गरेको आरोप लगाइएको छ । आफ्नै आयुर्वेदिक औषधिले केही रोग निको हुने झुटो दाबी गरेको आरोप पनि बाबा रामदेवमाथि लागेको छ ।