९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा सुधार भएको सन्देश दिनुपर्छः अध्यक्ष ढकाल

निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा सुधार भएको सन्देश दिनुपर्छः अध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा सुधार भएको सन्देश दिन जरुरी रहेको बताउनुभएको छ ।

सोमवार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले जिम्मेवार उद्योगी व्यवसायीहरुले अर्थतन्त्रमा सहज अवस्था नभए पनि अर्थतन्त्र सुधारको सन्देश दिन आवश्यक भएको बताउनु भयो । उहाँले जिम्मेवार व्यवसायी र व्यक्तिहरुले सबैतिर नकारात्मक अवस्थाको सन्देश दिँदा वातावरण थप बिग्रने अवस्था भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो एक वर्षका अर्थतन्त्रका धेरै सूचकहरुमा सुधार भएको भन्दै अब थप सुधार हुँदै जाने आशा रहेको जिकिर गर्नुभयो ।

उहाँले पछिल्लो एक वर्ष अघिसम्म बैंकहरुमा रहेको तरलता अभाव अहिले सहज भएको, बैंकको ब्याजदर एकल अंकमा आउन लागेको, रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति बढेको भन्दै अर्थतन्त्रमा सुधारको संकेत आएको बताउनु भयो । उहाँले व्यवसायीहरुले मुलुकभरका व्यवसायीहरु सामु सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकमा करिव ७ खर्ब लगानीयोग्य पुँजी रहेको बताउनु भयो ।

अध्यक्ष ढकालले पछिल्लो समय महासंघका वस्तुगत संघहरु महासंघ भएसँगै उद्योग वाणिज्य महासंघको सदस्यता नलिने भन्ने हल्ला सुनिएको भन्दै त्यसले निजी क्षेत्रलाई बलियो बनाउन नसक्ने धारणा राख्नुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघ सरकार पछिको दोस्रो ठूलो संयन्त्र भएको दाबी गर्दै राज्यले लिने नीति समेत महासंघको आधारणपछि मात्रै लिने गरको स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्र विगतको जस्तो सहज अवस्थामा छैन । तर पछिल्लो एक वर्ष अघिसम्म बैंकहरुमा तरलता अभाव थियो । बैंकको ब्याजदर उच्च थियो । रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति कम थियो । आयातमा के गर्ने भन्ने थियो । पर्यटन आगमन कम थियो । यी सबै सूचकहरु पर्यटन आगमन, रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति बढेको छ । बैंकमा तरलता उच्च छ । करिव ७ खर्ब लगानी योग्य पुँजी छ भनिरहेका छन् । बैंकको ब्याजदर सिङ्गल डिजिटमा आइसकेको छ । निर्णय गर्न मात्रै बाँकी छ । माग र सप्लाई विगतको तुलनामा धेरै कम छ । तर अब यो भन्दा नराम्रो अव हुन्छ जस्तो लाग्दैन । अब बिस्तारै सुधार हुँदै जान्छ ।

व्यवसायीहरुले अर्थतन्त्र र व्यवसाय सम्बन्धि नकारात्मक सन्देश दियौं भने नकारात्मक सन्देश मुलुकभर जान्छ । त्यसैले सहज अवस्था छैन तर सुधार हुँदै जान्छ भन्ने आशाले सबै व्यवसायी वा जिम्मेवार व्यक्तिहरुले सकारात्मक हिसावले सन्देश प्रवाह ग¥यो भने व्यवसायिक वातावरण बन्छ ।

महासंघका वस्तुगत संघहरु महासंघको रुपमा आएका पनि छन् । तर कतिपय साथीहरुले महासंघको सदस्यता नलिए पनि हुने भनेको सुनिएको छ । तर मलाई के लाग्छ भने उद्योग वाणिज्य महासंघ नेपाल सरकारपछि दोस्रो ठूलो संयन्त्र हो । सरकार र नियमनकारी निकायले उद्योग वाणिज्य महासंघले के भन्छ । त्यो अनुसार गरौंला भन्ने गरेका छन् । आफैँ महासंघ भयौं किन महासंघको सदस्यता लिने भन्ने कुराले निजी क्षेत्रलाई बलियो बनाउँदैन ।’

उहाँले व्यवसायीहरुको माग र मुद्दालाई राज्यसँग सहकार्य र समन्वयमार्फत समाधान गर्ने माध्यम नै महासंघ भएको दाबी गर्नुभयो ।