४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

जब लाइभ म्याचको क्रममा चुरोट पिउँदै गर्दा क्यामेरामा कैद भए शाहरुख खान

जब लाइभ म्याचको क्रममा चुरोट पिउँदै गर्दा क्यामेरामा कैद भए शाहरुख खान
अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को तेस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । कोलकाता नाइट राइडर्स ४ रनले विजयी भएको हो ।

तर कोलकाता नाइट राइडर्सका मालिक शाहरुख खानको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भाइरल भिडियोमा शाहरुख खान भिआइपी बक्समा चुरोट पिइरहेको देखिएका छन् । यसैबीच यो भाइरल भिडियोपछि विवाद लगातार बढिरहेको छ ।

हालै पाकिस्तान सुपर लिगमा पनि यस्तै दृश्य देखियो । पाकिस्तान सुपर लिगको लाइभ म्याचको क्रममा इमाद वासिम ड्रेसिङ रुममा चुरोट पिउँदै गरेको देखिएपछि ठूलो विवाद भएको थियो ।

अब कोलकाता नाइट राइडर्सका मालिक शाहरुख खानको भिडियोलाई लिएर विवाद लगातार बढिरहेको छ । शाहरुख खानको भाइरल भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले लगातार कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको खेलको कुरा गर्दा शाहरुख खानको टोली ४ रनले विजयी भएको थियो । पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो । आन्द्रे रसेल २५ बलमा ६४ रन बनाएर अविजित फर्किए । फिल साल्टले ४० बलमा ५४ रनको योगदान दिए ।

जवाफमा सनराइजर्स हैदरावादको टोलीले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनाउन सक्यो । सनराइजर्स हैदरावादका लागि हेनरी क्लासेनले २९ बलमा ६३ रनको बिस्फोटक पारी खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।