१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना छ: गभर्नर अधिकारी

वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना छ: गभर्नर अधिकारी
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्‍याइने बताउनुभएको छ ।

सोमवार काठमाडौंको ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्‍याउन जरुरी रहेको बताउनु भयो । गभर्नर अधिकारीले ग्लोवल मनि विकको अभियान शुरुवाती चरणबाटै सक्रिय रहेको बताउनु भयो । उहाँले यो अभियानलाई राष्ट्र बैंकले अझ बिस्तार गर्ने प्रतिवद्धता जनाउनु भयो । गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना रहेको पनि उल्लेख गर्नुभयो । उहाँले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिनुभयो ।

उहाँले कुनैपनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याउनु भयो । उहाँले ग्लोवल मनी वीकलाई नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षको आधारका रुपमा लिएको उल्ल्लेख गर्नुभयो । उहाँल सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था रहेको बताउनु भयो । उहाँले पैसाको वचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोवल मनि विक मनाउने गरिएको बताउनु भयो । उहाँले वचत भविष्यमा कमाएर मात्रै गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेको बताउनु भयो । उहाँले बालबालिकाले खाजा खर्चलाई बचाएर वचत गर्ने बानी बसाए भविष्य सुरक्षित हुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘ ग्लोवल मनि विकको अभियान हरेक जिल्लामा लैजान्छौं । दुर्गम जिल्लासम्म पनि यो अभियान लैजान्छौ । फाइनान्सिङ इनक्युजनको लागी वित्तीय साक्षरताको मुख्य हड्लस रहेको हामीले महशुस गरेका छौं । विश्व भर नै । वित्तीय जागरण,वित्तीय सचेतना अनिवार्य छ । कुनैपनि प्रोक्डट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तिय चेतना हुन जरुरी छ । त्यो चेतनाको अंगको रुपमा पनि विश्वभर यो साप्ताहिक कार्यक्रमलाई लिने गरिन्छ । नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षालाई आधारको रुपमा लिएका छौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता फ्रेमवर्क जारी गरेको छ ।

जुन फ्रेमवर्कभित्र सबै बैंक वित्तिय संस्थाहरु उत्तरदायित्वहरु पनि राखिएको छ । सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था छ । हामीले विद्यालयको पाठ्यक्रममा पनि वित्तिय साक्षरता सम्बन्धि शिक्षा राख्ने कार्ययोजना बनाएका छौं । त्यसको लागि समन्वय भइरहेको छ । वित्तीय साक्षरता पाठ्यक्रममा राख्ने काम हुने छ । पैसाको वचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोवल मनि विक मनाउने गरिन्छ । वचत भन्ने कुरा भविष्यमा कमाएर मात्रै गर्ने भन्नेकुरा होइन । बाल्यकालदेखि बानी बसाउने हो । खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाइयो भने भविष्यलाई सुरक्षित गर्छ ।’

आईतवारदेखि ग्लोवल मनी वीक २०२४ शुरु भएको छ । ग्लोवल मनी विक ओईसीडि वित्तीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सञ्जालले मार्च १८ –२४ मार्चसम्म बिश्वव्यापी रूपमा रुपमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम हो । सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी विक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले मनाइने एउटा अभियान हो । यस वर्षको ग्लोवल मनी वीकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ रहेको छ ।