२१ मंसिर २०८२, आईतवार
,
Latest
घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वरका ट्राफिक प्रहरी प्रमुख गिरी ड्राइभिङ्ग स्कुलमा…



अ+ अ-

काठमाण्डौ । ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक आइतबार ‘क्रियशन ड्राइभिङ्ग स्कुल’ मनोहरा फाँट लोकन्थली—जडिबुटीमा सवारी साधन चलाउन सिक्दै गरेका प्रशिक्षार्थीहरुलाई सवारी नियमबारे प्रशिक्षण दिन पुगे ।

‘क्रियशन ड्राइभिङ्ग स्कुल’ले आफ्नो स्कुलमा सवारी साधन चलाउन सिक्दै गरेका प्रशिक्षार्थीहरुको लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक अच्युत गिरी त्यहाँ पुगेका हुन् ।

‘क्रियशन ड्राइभिङ्ग स्कुल’का प्रवन्ध सञ्चालक दिपक तामाङ्गका अनुसार यसअघि सो स्कुलका प्रशिक्षक (गुरु) हरुलाई सम्वन्धित विज्ञ र ट्राफिक प्रहरी अधिकारीबाट प्रशिक्षण दिइसकेको छ भने सवारी साधन चलाउन सिक्ने शिकारुहरुलाई ट्राफिक प्रहरी अधिकृतबाट पहिलोपटक यसप्रकारको ज्ञान दिइएको हो ।

ड्राइभिङ्ग स्कुलमा सैद्धान्तिक र प्रयोगात्मक शीप सिकेपछि सडकमा सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी र ट्राफिक अनुशासनबारे प्रशिक्षार्थीहरुलाई ट्राफिक प्रहरी निरीक्षक गिरीले प्रशिक्षण दिएका थिए ।

सवारी साधन चलाउन सिक्दै गरेको बेलामा ट्राफिक अनुशासन र सावधानीबारे सिकाउँदा उनीहरु सवारी चालक भएपछि हुनसक्ने सवारी दुर्घटनामा कमी हुने ट्राफिक प्रहरी निरीक्षक गिरीको दावी छ ।

यातायात व्यवस्था विभागले लिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा प्रयोग गरिने मोडेलका अल्टो कार, सुपर स्प्लेण्डर मोटरसाइकल र प्लेजर स्कुटरबाट प्रशिक्षण दिँदै आएको क्रियशन ड्राइभिङ्ग स्कुल १० वर्षदेखि सुविधानगर, तिनकुनेमा र ४ वर्षदेखि मनोहरा प्लानिङ्ग लौहकिल्थली—जडिबुटीमा सञ्चालित रहेको प्रवन्ध सञ्चालक तामाङ्गले बताए ।