७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालबाट विदेश जाने बढी जनसंख्या २० देखि २९ वर्ष उमेर समूहका



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसंख्याका वागमती प्रदेशमा बस्ने गरेको देखिएको छ ।

आईतवार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी तथ्याङ्कले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसंख्या वागमती प्रदेशमा बस्ने गरेको देखाएको हो । तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने सबैभन्दा कुलिन वर्ग वागमतीमा बस्ने गरेको बताउनु भयो । उहाँले निम्न वर्गका ५१ प्रतिशत जनसंख्या कर्णाली प्रदेशमा बस्ने गरेको तथ्याङ्क रहेको बताउनु भयो । उहाँकाअनुसार कर्णाली प्रदेशमा करिव ४.२ प्रतिशत मात्रै जनसंख्या उच्च वर्गको जीवनस्तर भएका छन् ।

तथ्याङ्क कार्यालयकाअनुसार भविष्यमा फर्कन सक्नेगरी विदेश बस्ने नेपालीहरुको जनसंख्या करिव २२ लाख रहेको छ । निर्देशक लामिछानेकाअनुसार नेपालबाट विदेशमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु विदेश गएको देखिएको बताउनु भयो । उहाँले पछिल्लो १० वर्षमा हिमाल र पहाडको जनसंख्या घट्दै र तराईको जनसंख्या बढ्दै गएको देखिएको बताउनु भयो । उहाँले ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको बताउनु भयो ।

उहाँले पहाडी जिल्लाका काठमाडौं र पोखरा महानगरपालिका लगायतका केही नगरपालिकामा धेरै भएपनि अन्य नगरपालिकामा जनसंख्या कम देखिएको उल्लेख गर्नुभयो । तथ्याङ्क कार्यालयकाअनुसार उमेरको हिसावमा ०–१४ वर्षसम्मका बालबालिको २०६८ जनगणनामा ३४.९ रहेकोमा २०७८ मा २७.८ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ । २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशतबाट झरेर ४३.३ प्रतिशतमा पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । निर्देशक लामिछानेले ६५ भन्दा माथि उमेर समूहको जनसंख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको बताउनु भयो । उहाँले नेपालको काम गर्नसक्ने जनसंख्या ६२ प्रतिशत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ पछिल्लो १० वर्षमा हिमालको जनसख्या घटेको देखिन्छ । तर पहाडको पनि घट्दै र तराईको जनसख्या बढ्दै गएको छ । ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको छ । तराईका जिल्लाका नगरपालिका र गाउँपालिकामा जनसख्या बराबर जस्तो रहेको छ । पहाडी जिल्लाका काठमाडौं महानगरपालिका लगायतमा धेरै भएपनि अन्य नगरपालिकामा जनसख्या कम देखिन्छ । उमेरको हिसावमा तथ्याङ्क हेर्दा फरक किसिमले आएको छ । ०–१४ वर्षसम्मका बालबालिको उमेर प्रतिशत २७.८ प्रतिशतमा आएको छ । २०६८ मा ३४.९ थियो । १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ । २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशत बाट झरेर ४३.३ प्रतिशतमा पुगेको छ । ६५ भन्दा माथि उमेर समूहको जनसख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको छ ।’

‘अन्य देशको तुलनामा बालबालिका उमेर समूहको जनसंख्या कम हुँदै गएकाले ६५ भन्दा माथिको जनसंख्या बढ्दै जाने अवस्था देखिन्छ । तर अहिले नेपालको काम गर्नसक्ने जनसंख्या ६२ प्रतिशतसम्म रहेको भन्दै नेपालको राम्रो पक्ष रहेको छ । नेपालका आश्रित जनसंख्या कम भएको छ । जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको छ । त्यसले राम्रो संकेत गरेको छ । नेपालको करिव २२ लाख जनसंख्या विदेशमा बसोवास गरेको देखिन्छ । सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु विदेश गएको देखिन्छ । नेपालमा फर्कन सक्ने जनसंख्याको तथ्याङ्क हो । कर्णाली प्रदेशमा करिव ५१ प्रतिशत जनसंख्या कमजोर वर्गका बस्ने गरेको देखिएको छ । वागमती प्रदेशमा ३८ प्रतिशत जनसंख्या उच्चगुणस्तर वर्गका बस्ने गरेको छ । कणाली प्रदेशमा ४.२ प्रतिशत मात्रै उच्च वर्गमा देखिएको छ ।’

उहाँले जनगणना २०६८ को तुलनामा आश्रित जनसंख्या कम रहेको बताउनु भयो । उहाँकाअनुसार जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको बताउनु भयो ।