२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामग्राम स्तूपमा एक हजार भिक्षु आउने



अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम स्तूपमा एक हजार भिक्षु आउने भएका छन् । जिल्लाको रामग्राम नगरपालिका–७ उजैनीस्थित स्तूपमा आगामी चैत ४ गते भिक्षु आउने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले जानकारी दिनुभयो ।

स्तूपमा रहेको बुद्धको अस्ति धातुको पूजा तथा प्रार्थनाका लागि भिक्षु आउने उहाँको भनाइ छ । उहाँका अनुसार दिउँसोको पूजापछि साँझ बत्ती बाल्ने कार्यक्रम रहेको छ । विभिन्न देशबाट आउने ती भिक्षुले परासी बजारबाट पैदलयात्रा गर्दै स्तूपसम्म जानेछन् । पैदलयात्राका लागि नरगपालिका सरसफाइ तथा व्यवस्थापनमा जुटेको छ ।

भिक्षुलाई स्तूपको मुख्य गेटबाट फुल विछ्याएर स्वागतसमेत गरिने तयारी भइरहेको नगरप्रमुख यादवले बताउनुभयो । यति धेरै सङ्ख्यामा भिक्षु आउनु भनेको नगरवासी तथा पालिकाका लागि गौरवको विषय भएको भन्दै उहाँले सबै सङ्घ–संस्था र स्थानीयलाई स्वागत तथा व्यवस्थापन जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रमका लागि नगरपालिकाले बैठक बसेर जिम्मेवारीसमेत तोकेकोे जनाएको छ । स्तूपलाई बत्तीबाट सजावट गरिनेछ । भिक्षुहरुको पूजा सकेपछि लुम्बिनी फर्किने छन् ।




भर्खरै