९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री काजोललाई कोरोना संक्रमण, आइसोलेसनबाटै छोरी न्यासालाई सम्झिँदै



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री काजोललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी गराएकी हुन् । उनले कोरोना रिपोर्ट पोजेटिभ आएको बताएकी छन् । साथै, छोरी न्यासाको तस्बिर शेयर गर्दै उनलाई निकै ‘मिस’ गरेको पनि बताएकी छन् । 

छोरीको तस्बिर शेयर गर्दै उनले लेखेकी छन्, ‘मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । म आफ्नो रातो भइसकेको नाकलाई कसैलाई देखाउन चाहन्न, त्यसैले म दुनियाँलाई सबैभन्दा हँसिलो मुस्कान शेयर गर्न उचित ठानेँ । मिस यु न्यासा देवगन ।’ 

काजोलको यस पोस्टलाई अर्की अभिनेत्री प्रियंका चोपडाले कमेन्ट गरेर न्यासाको तारिफ गरेकी छन् । उनले लेखेकी छन्, ‘उनी स्टनिंग छिन् ।’ कैयौं फ्यानहरुले काजोलको स्वास्थ्यलाभको कामना गरेका छन् । 

न्यासा अहिले अध्ययनका लागि सिंगापुरमा छिन् । अजय देवगन र काजोलका दुई सन्तान छन्, न्यासा र युग ।