काठमाडौं । सोमबार मोरङमा प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेका थिए ।
धनपालथान गाउँपालिका३ स्थित क्वार्टरको भान्सामा मृत फेला परेका बस्यालको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको छ ।
पाल्पाबाट परिवारका सदस्य आइपुगेपछि बस्यालको शव पोस्टमार्टमका लागि स्पताल पठाउने मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिए ।
प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ । बस्यालले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको र कसैलाई दोष नलगाउन भनेका प्रहरी स्रोतले बतायो ।
पाल्पा स्थायी घर भएका ३८ वर्षीय बस्याल सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति थिए ।










