१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

पर्यटकहरुले २५ हजार बढी भारतीय रकम बोकेर नेपाल छिर्न नदिने कानून संशोधन होस्: सांसद शर्मा

पर्यटकहरुले २५ हजार बढी भारतीय रकम बोकेर नेपाल छिर्न नदिने कानून संशोधन होस्: सांसद शर्मा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले पर्यटकहरुले २५ हजार भन्दा बढी भारतीय रकम बोकेर नेपाल आउन नमिल्ने कानून तत्काल संशोधन गर्न माग गर्नुभएको छ ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत फागुन ३ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्कीका कार्डियोलोजिस्ट अब्दुल्लाह मिनीलाई ९६ हजार आइसी ल्याएकोमा पक्राउ गरिएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै २४ घण्टाभित्र २५ हजार भारतीय रकम भन्दा बढी बोकेर आउन नपाइने व्यवस्था संशोधन गर्न माग गर्नुभयो । उहाँले नेपालले पर्यटकमैत्री देश बनाउने हो भने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने तत्काल सो व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति उक्त कानून बनाइएको हो वा डुबाउन भन्नेबारेमा गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले नेपालमाँ पैसा नभएकालाई मात्रै ल्याएर पर्यटन उद्योग चलाउने हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘फागुन ३ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा घटना भयो । एकजना टर्कीबाट आउनुभएको अन्तर्राष्ट्रिय स्तरको कार्डियोलोजिस्ट गंगालाल अस्पतालमा आउँदै हुनुहुन्थ्यो । केही नयाँ प्रविधियुक्त कामहरु भइरहेका थिए । उहाँलाई गिरफ्तार गरियो । गिरफ्तार गर्नुको कारण उहाँले ९६ हजार आइसी बोकेर आउनुभएको रहेछ । त्यो कारणले उहाँलाई गिरफ्तार गरियो । मैले यो सदनमा पटक पटक आवाज उठाएको छु । २५ हजार भन्दा बढी आइसी पर्यटकहरुले चाहे सडकबाट आउँदा होस् वा एयरलाइन्सबाट आउँदा होस् बोक्न नपाउने व्यवस्था गरिरहँदाखेरी नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति हामीले बनाएको हो वा नेपालका होटल उद्योगहरु डुबाउनेका निम्ति बनाएको हो ? सरकारका यो देशका प्रधानमन्त्री, यो राज्य सत्तालाई यो कुरा थाहा छ की छैन ? वा थाहा पाएर पनि हामीले पटक पटक भन्दा पनि सुतेर किन बसेको ? अब्दुल्लाह मिनी भन्ने जसलाई समातिएको हो, प्रमाण मसँग छ । उनले त्यहाँबाट छुट्दा ४ लाख ६१ हजार २३२ रुपैयाँ पैसा नेपालभित्र उनका साथीहरुसँग सापटी लिएर धरौटी राखेर छुट्नुभयो । म प्रश्न सोध्न चाहन्छु यो मुलुकको प्रधानमन्त्रीलाई तपाईंले कस्तो टुरिस्ट ल्याउन खोजेको हो ? २५ हजार भन्दा बढी आइसी बोक्न नपाउने, अनि यो देशमा हातमा एक रुपैयाँ पैसा नभएका भिखारीलाई मात्रै ल्याएर टुरिस्ट इण्डस्ट्री चलाउने हो ? होइन भने यो कानून वा नियम २४ घण्टामा परिवर्तन गर्नुपर्छ । मुलुक कंगाल बनाउने हो भने यो कानूनलाई निरन्तरता दिनुपर्छ ।’

सांसद शर्माले सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट चलिरहेको आरोप लगाउनु भयो । उहाँले संसदमा प्रतिपक्ष बोलिरहँदा सत्तापक्षका सांसदहरुले बोल्न समेत नदिएको बताउनु भयो । उहाँले विपक्षीका आवाज दबाउने प्रपञ्च भइरहेको बताउनु भयो ।