१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसूति गृहबाट बच्चा चोरेर लगेको सीसी क्यामरामा देखियो



अ+ अ-

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरेर लगेको सीसी क्यामरामा देखिएको छ ।

अस्पतालको सीसी क्यामराको फुटेजमा मास्क लगाएकी एक महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको छ । अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छ ।

अस्पताल भित्रबाटै २६ दिन की नवजात शिशु चोरी भएको खबर पाएसँगै प्रहरीले यसबारे अनुसन्धान थालेको थियो । काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ बर्सिया सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन् ।

ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिनु भन्दै रिपोर्ट लिन जादा बच्चा चोरी भएको बताईएको छ ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।