२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालकै नेतृत्वमा नेपालमा समाजवाद आउनेछ: मुख्यमन्त्री जम्कट्टेल



अ+ अ-

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्ने बताउनुभएको छ ।

शुक्रवार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादीको क्रान्तिको दिशमात्रै बदलिएको तर क्रान्ति नछोडेको बताउनु भयो । उहाँले माओवादीको क्रान्ती अझैपनि जारी रहेको बताउनु भयो । उहाँले जनयुद्धले नै अहिलेको व्यवस्था ल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा हामी क्रान्तिकारी हाँै । हाम्रो क्रान्तिको कार्यदिशा बदलिएको हो । सम्माननीय प्रधानमन्त्रीज्यु, आदरणीय पार्टी अध्यक्ष उहाँको अगाडि मैले बुझेको उहाँले क्रान्ति छोड्नुभएको छैन । क्रान्तिको कार्यदिशा बदलिएको छ । क्रान्ति जारी छ । हामी उहाँको नेतृत्वमा १० वर्षको महान जनयुद्ध भयो, त्यसले यो राज्य व्यवस्था परिवर्तन गरेको छ । बाँकी कार्यभार अब हामी समाजवादमा पुग्नुछ । हामी श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डकै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्छौं । मजदुर वर्गको पेशागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै हो ।’

मुख्यमन्त्री जम्कट्टेलले मजदुर वर्गको पेशागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै रहेको जिकिर गर्नुभयो । —न्युज एजेन्सी नेपाल




भर्खरै